शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

मर्स्याङ्दी गाउँपालिकामा एकल पुरुषलाई मासिक ५०० भत्ता 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २३ २०७८
मर्स्याङ्दी गाउँपालिकामा एकल पुरुषलाई मासिक ५०० भत्ता 

लमजुङ- मर्स्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक ५ सय रूपैयाँ भत्ता पाउने भएका छन्। पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ताबापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन्।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, 'पालिकामा स्थायीरुपमा बसोवास गर्ने एकल पुरुषलाई पालिकाको मंगलबार बसेको ९६औँ बैठकले गत फागुन महिनादेखि नै लागू हुने गरी सम्मान स्वरुप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ।'

एकल पुरुष भए पनि पेन्सन भएकालाई भने यो सेवा उपलब्ध नहुने उनको भनाइ छ । 

पालिका अध्यक्ष गुरुङका अनुसार नौ वडा रहेको यस पालिकामा ९३ एकल पुरुष रहेका छन्। गाउँपालिकाले तीन/तीन महिनामा भत्ता वितरण गर्ने र निर्णय भएअनुसार गत फागुन महिनासहितको यही चैतको अन्तिममा भत्ता वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख लक्ष्मी घलेले बताइन्। रासस


प्रकाशित : बुधबार, चैत २३ २०७८०७:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend