बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

पशुपति धर्मशाला सिल गर्ने याेजना असफल भएपछि उच्च अदालतकाे आदेशमा मन्त्री आलेकाे आराेप - 'सेटिङ भयाे'

सोमबार, चैत २१ २०७८
पशुपति धर्मशाला सिल गर्ने याेजना असफल भएपछि उच्च अदालतकाे आदेशमा मन्त्री आलेकाे आराेप - 'सेटिङ भयाे'

काठमाडौं- नेपाल-भारतमैत्री पशुपति धर्मशाला एक दिन भए पनि सिल गर्ने याेजना असफल भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उच्च अदालत पाटनले सेटिङमा आदेश दिएकाे आरोप लगाएका छन्।

एक टिभी कार्यक्रममा कुरा गर्दै मन्त्री आलेले चैत १७ गतेकाे फैसला २० गते ३ बजे मात्रै जानकारी दिएकाे र आफूहरूलाई तयारी गर्न समय अपुग हुने गरि काम गराएकाे भन्दै अदालतकाे फैसला माथि टिप्पणी गरेका छन्। तर धर्मशाला सञ्चालन गरिररहकाे बतास समूहकाे आनन्द हाेटल प्रालिले भने चैत १४ गते साेमबार पशुपति विकास क्षेत्रकाेष सञ्चालक परिषदकाे बैठक बसरी धर्मशाला १७ गते सिल गर्न खाेजेकाे भन्दै उच्च अदालत पाटनमा १६ गते नै रिट दायरा गरेकाे थियाे। 

साेही रिटकाे दायारमा अदालतले धर्मशाला सञ्चालन सम्झौता भंग भएकाे विषयमा कुनै आधिकारिक निर्णय बाहिर नआएकाे र के कस्ताे निर्णय भएकाे कारण देखाउ आदेशसँगै १७ गते नै २१ गते दुबै पक्षलाई छलफलमा बाेलाउने आदेश दिएकाे थियाे।

काेषका पदाधिकारी तथा कर्मचारी पनि १७ गते नै सम्झाैता भंग भएकाे पत्र  बुझाउँदै आनन्द हाेटललाई धर्मशाला सञ्चालनमा बन्दे लगाउने तयारीका साथ साढे ३ बजे धर्मशाला पुगेका थिए। तर धर्मशालामा रहेका कर्मचारीले काेषाकाे पत्र बुझ्न मानेनन‍्।

कर्मचारीले पत्र बुझन नमानेपछि काेषका कर्मचारीले बतास समूहका अध्यक्ष आनन्द बतासलाई नै फाेन गरेर पत्र बुझन भनका थिए। बतासले पनि अदालतबाट यस्ताे आदेश आएकाे जानकारी गराउँदै पत्र नबुझने बताएका थिए। बतासले पनि पत्र नबुझेपछि मन्त्री आलेले नै वडा नम्बर ८ का जनप्रतिनिधिलाई कल गरेर धर्मशाला सिलमा सहयाेग गर्न आग्रह गरेका थिए। जनप्रतिनिधिले पनि अदालतकाे मानहानी कुनै कुनै काम नगर्ने बताएपछि १७ गते धर्मशाला सिल गर्ने मन्त्री आलेकाे याेजना तुहिएकाे थियाे।

यसरी गैर कानूनी तवरबाट धर्मशाला एक दिन भएपनि सिल गर्ने याेजन चैत १७ गते असफल भएपछि २० गते विहानै गर्न मन्त्री आलेले काेषका कर्मचारीलाई दबाब दिएका थिए। तर बतास समूहले पत्र नबुझेकाे र स्थानीय तहले समेत अदालतकाे मानहानी हुने काममा सहयाेग नगर्ने बताएपछि २० गते आइतबार विहान पनि धर्मशाला सिल गर्ने याेजना तुहिएकाे थियाे। आइतबार दिउँसो भने उच्च अदालतबाट १७ गतेकाे आदेश काेषमा आइपुगेपछि धर्मशाला सिल गर्न नमिल्ने भएकाे थियाे। धर्मशाला सिल गर्न नपाएपछि मन्त्री आलेले अदालतमै सेटिङ गरेर आदेश ल्याएकाे भन्दै आराेप लगाएका छन्।

मन्त्री आलेले पनि १७ गते पत्र धमाउँदै धर्मशालाबाट आनन्द हाेटललाई निकाल्ने र नाथमलाई सञ्चालन गर्न दिने याेजना बनाएका थिए। आलेले बिहीबार साँझ काम गर्दा बतास १८ घाेडेजात्रा, १९ गते शनिबार र २१ गते रिट दायार गरेर २२ गतेसम्म हुने आदेश नल्याउँदासम्म धर्मशालाबाट बतासलाई बाहिर निकाल्नु याेजना बनाएका थिए। 

तर बतास समूह अन्तर्गतकाे आनन्द हाेटल प्रालिले सम्झौता भंग गर्ने निर्णय १४ चैतमा भएकाे र गुपचुप राखिएकाे भन्दै आशंका सहितकाे रिट उच्च अदालतमा दायरागरेकाे थियाे। साेही रिटका कारण आलेकाे धर्मशाला सिल गर्ने याेजना तुहिएकाे हाे।


प्रकाशित : सोमबार, चैत २१ २०७८०३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend