बिहीबार , जेठ २८ गते २०८३    
बिहीबार , जेठ २८ २०८३

एक्सक्लुसिभ : भन्सारको आसिकुडा सिस्टमबाट खुल्यो सवारी आयातको वास्तविक चित्र, २७ दिनमा कुन ब्रान्डका गाडी कति भित्रिए?

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकसँग खाँदैन मेल

बुधबार, जेठ २७ २०८३
एक्सक्लुसिभ : भन्सारको आसिकुडा सिस्टमबाट खुल्यो सवारी आयातको वास्तविक चित्र, २७ दिनमा कुन ब्रान्डका गाडी कति भित्रिए?

भन्सार अधिकृतले आसिकुडा सिस्टममा प्रविष्ट गरेर आयात गर्न अनुमति दिएका सबै मालवस्तुको तथ्यांक रियल टाइममा सिस्टममा दर्ता हुन्छ।

काठमाडौं- अर्थमन्त्रीको सचिवालयले बिहीबार रसुवा र मुस्ताङ भन्सार कार्यालयबाट बजेट अघिको एक महिनामा जाँचपास भएका सवारीको विवरण आफूखुसी तोडमोड गरेर बजेटअघि कर वृद्धिको सूचना चुहाएको विषय ढाकछोप गर्न खोजेको छ। 

अर्थमन्त्रालय अन्तर्गतको भन्सार विभागले अप्रेट गर्ने भन्सार जाँचपास भएका मालवस्तुको सम्पूर्ण विवरण अधिलेख गर्ने प्रणाली छ ‘आसिकुडा सिस्टम’। विदेशबाट आयात गरिने हरेक बिजबिजकको मूल्य, संख्या, आयातकर्ताको नाम/ठेगाना, भन्सार नाकाको कोड नम्बर, जाँचपास भएको मिति, प्रज्ञापन पत्र नम्बर, एचएस कोडलगायत सबै विवरण आसिकुडा सिस्टममा प्रविष्ट गरेर भन्सार अधिकृतले अनुमति दिएपछि मात्र सामान नेपाल भित्रिन पाउँछ। 

भन्सार अधिकृतले आसिकुडा सिस्टममा प्रविष्ट गरेर आयात गर्न अनुमति दिएका सबै मालवस्तुको तथ्यांक रियल टाइममा सिस्टममा दर्ता हुन्छ। त्यसरी सिस्टममा दर्ता भएको विवरण आसिकुडा सिस्टम भएका भन्सार विभाग, आन्तरिक राजस्व विभाग, सरकारको केन्द्रीय डेटा सेन्टरलगायतमा एकैपटक रियल लाइममा स्टोर हुने व्यवस्था आसिकुडा सिस्टममा छ। 

यसरी प्रविष्ट हुने तथ्यांकलाई कर चुहाएको आरोप लाग्ने वित्तिकै अत्तालिएको अर्थमन्त्रीको सचिवालयले तोडमोड गरेर आफू अनुकूल बनाएर स्पष्टीकरणमार्फत सार्वजनिक गरेको छ। बिजनेस न्युजले तथ्यांकसहित उठान गरेको विषयलाई अर्थमन्त्रीको सचिवालयले अनुकूलको व्याख्या गरेर तथ्यांकलाई नै तोडमोड गरेपछि २०२६ को मे महिना(बजेटको ठिक एक महिनाअघि)मा भन्सारको आसिकुडा सिस्टममा अध्यावधिक भएको सबै तथ्यांक सार्वजनिक गरेका हौँ। 

देशका सबै भन्सार नाकाबाट आयात भएको एचएस कोड ८७०२, ८७०३, ८७०४, ८७०५ का उपशीर्षकबाट आउने चार पांग्रे सवारीसाधनको तथ्यांक यहाँ उल्लेख गरिएको छ। 

यो तथ्यांकबाट सवारीको सीआईएफ भ्यालुमा हुने मूल्य भने कम्पनीहरुको गोपनीयताका कारण झिकिएको छ। अर्थमन्त्रालयले तथ्यांकलाई तोडमोड गरेर विषयान्तर गर्न खोजेपछि बिजनेस न्युज भन्सारको आसिकुडा सिस्टममा भएको सवारी आयातको सबै विवरण सार्वजनिक गर्न बाध्य भएको हो। यसबाट सवारी आयातकर्ताहरुमा पर्न सक्ने असुविधा प्रति बिजनेस न्युज सुरुमै क्षमा माग्दै यो विवरण प्रकाशित गरिएको छ। 

बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा

बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास

बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास

कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग

बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर

बजेटअघि नै करको सूचना : ७ सय ७९ विद्युतीय सवारीबारे छानबिन तीव्र, कागजात र प्रक्रियाको परीक्षण सुरु बजेटअघि नै करको सूचना : ७ सय ७९ विद्युतीय सवारीबारे छानबिन तीव्र, कागजात र प्रक्रियाको परीक्षण सुरु

बजेटअघि नै करको सूचना : अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागद्वारा छानबिन समिति गठन बजेटअघि नै करको सूचना : अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागद्वारा छानबिन समिति गठन

करको सूचना चुहाएको र बीवाईडी बचाउन अर्थमन्त्रालयले बोलेको ३ झुट करको सूचना चुहाएको र बीवाईडी बचाउन अर्थमन्त्रालयले बोलेको ३ झुट

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्। 


प्रकाशित : बुधबार, जेठ २७ २०८३१६:०१
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend