बुधबार, जेठ २७ गते २०८३    
बुधबार, जेठ २७ २०८३

करको सूचना चुहाएको र बीवाईडी बचाउन अर्थमन्त्रालयले बोलेको ३ झुट

बुधबार, जेठ २७ २०८३
करको सूचना चुहाएको र बीवाईडी बचाउन अर्थमन्त्रालयले बोलेको ३ झुट

बजेटअघिको भन्सार जाँचपासमा सबैभन्दा बढी समस्या देखिएको रसुवा भन्सारबारे अर्थमन्त्रीको सचिवालयले टालटुले जवाफ दिएको छ। जाँचपास भएको गाडीको एकिन संख्या हुन्छ भन्ने कुरा समेत भुलेर अर्थमन्त्रालयले ब्रान्ड नै नखुलाइ २ सयभन्दा बढी गाडी जाँचपास भएको हास्यास्पद जवाफ दिएको हो।

काठमाडौं- बजेटअघि करका दरमा हुँदै गरेको हेरफेरबारे सूचना चुहाएर एक महिनामै बीवाईडीका १ हजार ३ सय ९६ वटा विद्युतीय कार कम करमा भित्रिए। अर्थदेखि भन्सार प्रशासनसम्मको मिलेमतोमा यसरी सूचना दिइँदा राज्यले एक अर्बभन्दा बढी राजस्व गुमाएका छ। 

यही विषयमा सडकदेखि सदनसम्म प्रश्न उठेपछि मंगलबार साँझ अर्थमन्त्रालयले विज्ञप्तिमार्फत प्रष्ट पार्ने प्रयास गरेको छ। तर अर्थमन्त्रालयले जारी गरेको विज्ञप्तिमा तथ्यांकलाई तोडमोड गरी आयातकर्ता कम्पनीको बचाउन गर्न खोज्दा आफै चिप्लिएको छ। 

यहाँ अर्थमन्त्रीको सचिवालयले बीवाईडीले गरेको बदमासी छोपछाप गर्न खोज्दा बोलेका ३ वटा झुटलाई उल्लेख गरिएको छ। 

१. प्रश्न उठेको संख्या एउटा, ब्याख्या अर्कै

अर्थमन्त्रीको सचिवालयले छानबिन समितिको प्रतिवेदन नआउँदै बीवाईडीले सूचना पाएर गाडी छुटाएको बचाउन गर्न अघिल्लो वर्षको जेठ १ गतेदेखि १४ गतेसम्म ४ हजार ३ सय १७ वटा गाडी आएको र यो वर्ष त्योभन्दा निक्कै कम २ हजार ७ सय ६४ वटा मात्र गाडी आयात भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। 

जबकी विषय यो वर्ष २ हजार ७ सय ६४ वटा विद्युतीय सवारी जाँचपास हुँदा एक महिनामा एउटै कम्पनीको कुल आयातको आधाभन्दा धेरै अर्थात १ हजार ३ सय ९६ वटा गाडी आयात भएको छ। बजेटअघि सूचना नपाइ एउटै कम्पनीले एकै महिनामा कसरी त्यति ठूला संख्यामा गाडी ल्याउन सक्छ? भन्ने विषयलाई मोड्न अर्थमन्त्रीको सचिवालयले झुट बोलेको हो। 

२. रसुवाबाट जेठको १४ दिनमा बीवाईडीका ४७२ वटा गाडी आएको अर्थमन्त्रालय भन्छ- २ सयभन्दा बढी

अर्थमन्त्रीको सचिवालयले रसुवा भन्सारबाट आएका बीवाईडीको गाडी संख्यामा सरासर झुट बोलेको छ। रसुवा भन्सारबाट बजेटअघिको १४ दिनमा बीवाईडीका गाडी ४ सय ७२ वटा जाँचपास भएको भन्सारको आसिकुडा सिस्टमको तथ्यांकमा छ। 

रसुवा भन्सारबाट बीवाईडीका गाडी मे १७ मा एम५४०१ बट २० वटा एटो वान, मे १७ मा एम५४०० बाट ३० वटा एटो वान, मे १५ मा एम५३०९ बाट सिलायन सेभेन १५ वटा, मे २० मा एम५६७९ बाट सिलायन सेमेत २० वटा, मे २० मा एम५७३३ बाट १ सय वटा एटो टू, मे २० मा एम५६७७ बाट १ सय वटा एटो टू, मे २५ मा एम५९९८ बाट ५० वटा एटो टू, मे २५ मा एम५९५५ बाट १७ वटा एटो वान, मे २७ मा एम६१२७ बाट ३५ वटा सिलायन सेभेन, मे २७ मा एम६११८ बाट २३ वटा एटो वान, मे २७ मा एम६११४ बाट ६० वटा एटो वान र मे २५ मा एम५९९९ बाट २ वटा एटो थ्री जाँचपास भएको भन्सारको आसिकुडा सिस्टमको तथ्यांकमा छ। 

बजेटअघिको भन्सार जाँचपासमा सबैभन्दा बढी समस्या देखिएको रसुवा भन्सारबारे अर्थमन्त्रीको सचिवालयले टालटुले जवाफ दिएको छ। जाँचपास भएको गाडीको यकिन संख्या हुन्छ भन्ने कुरा समेत भुलेर अर्थमन्त्रालयले ब्रान्ड नै नखुलाइ २ सयभन्दा बढी गाडी जाँचपास भएको हास्यास्पद जवाफ दिएको हो। 

३. ३० वटा आयात भएको काईलाई २ सय वटाको जिम्मा

रसुवा भन्सारबाट मे २७ मा लक्ष्मी ई मोबिलिटीले प्रज्ञापन पत्र नम्बर एम६१९२ बाट ३० वटा काई ब्रान्डका ईक्युट फोर गाडी जाँचपास गराएको छ। तर अर्थमन्त्री सचिवालयले जारी गरेको प्रष्टीकरणमा रसुवा भन्सार कार्यालयबाट लक्ष्मी ई मोबिलिटी नामक कम्पनीले काई ब्रान्डका २ सय वटा गाडी आयात गरेको देखिन्छ, भनेको छ। 

अर्थमन्त्रीको सचिवालयले यति गैह्र जिम्मेवारी पूर्वक कुनै कम्पनीलाई बचाउन गर्न ३० वटा गाडी आयात गरेको कम्पनीलाई २ सय वटा गाडी आयात गरेको गम्भीर आरोप लगाएको छ। 

बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा

बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास

बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास

कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग

बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर

बजेटअघि नै करको सूचना : ७ सय ७९ विद्युतीय सवारीबारे छानबिन तीव्र, कागजात र प्रक्रियाको परीक्षण सुरु बजेटअघि नै करको सूचना : ७ सय ७९ विद्युतीय सवारीबारे छानबिन तीव्र, कागजात र प्रक्रियाको परीक्षण सुरु

बजेटअघि नै करको सूचना : अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागद्वारा छानबिन समिति गठन बजेटअघि नै करको सूचना : अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागद्वारा छानबिन समिति गठन

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्। 


प्रकाशित : बुधबार, जेठ २७ २०८३१२:५०
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend