बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

लगानी बोर्डको सीईओका लागि आठ जना सर्टलिस्टमा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ६ २०८३
लगानी बोर्डको सीईओका लागि आठ जना सर्टलिस्टमा

तीन जनाको नाम मन्त्रिपरिषदमा प्रस्ताव जानेछ। त्यसबाट मन्त्रिपरिषदले एकजनलाई सीईओ नियुक्त गर्नेछ।

काठमाडौं- लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन दिएकामध्ये आठ जना सर्टलिस्टमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रकाशन गरेको सूचीमा आठ जना सूचीकृत भएर अन्तर्वार्ता तथा प्रस्तुतीका लागि छनौट भएका हुन्। 

सूचना अनुसार सुमनमानसिंह बस्न्याट, जितेन्द्र धिताल, डा मुकुन्दप्रसाद पौड्याल, डा सरोज कोइराला, याङ्की उक्याव, बखतबहादुर शाही, मनोज पौडेल, मधुप्रसाद भेटुवाल रहेका छन्। 

सूचीकृत भएका यी उम्मेद्वारको साउन ७ र ८ गते अन्तर्वार्ता तथा प्रस्तुतीकरण हुनेछ। अन्तर्वार्ताबाट छानिएका तीन जनलाई नियुक्तिका लागि सिफारिस गर्नेछ। 

ती तीन जनाको नाम मन्त्रिपरिषदमा प्रस्ताव जानेछ। त्यसबाट मन्त्रिपरिषदले एकजनलाई सीईओ नियुक्त गर्नेछ। 

यसअघिका सीईओ वर्तमान सरकार बनेपछि भएको आम बर्खास्तीमा परेपछि बोर्ड नेतृत्वबिहिन छ। बोर्डको अध्यक्ष प्रधानमन्त्री तथा उपाध्यक्ष अर्थमन्त्री हुने व्यवस्था रहेको छ। 

Screenshot 2026-07-22 at 16.08.58.png


प्रकाशित : बुधबार, साउन ६ २०८३१६:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend