काठमाडौं- सुनको मूल्य बुधबार एकैदिन प्रतितोला ५ हजार ४ सय रूपैयाँ बढेको छ।
बुधबारका लागि सुनको मूल्य २ लाख ९१ हजार रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबारको तुलनामा चाँदीको मूल्य पनि बुधबार प्रतितोला ११० रूपैयाँले वृद्धि भएको छ।
महासंघका अनुसार चाँदी आज प्रतितोला ४ हजार ४८० रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६ सय र चाँदी प्रतितोला ४ हजार ३७० रूपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।