बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

उद्योगी व्यवसायीसँग निरन्तर छलफलमा प्रधानमन्त्री, आज हस्तकलाका प्रतिनिधिसँग भेट्दै

बुधबार, साउन ६ २०८३
उद्योगी व्यवसायीसँग निरन्तर छलफलमा प्रधानमन्त्री, आज हस्तकलाका प्रतिनिधिसँग भेट्दै

देशको अर्थतन्त्र मजबुत बनाउन उद्यमीको मनोबल बढाउन आवश्यक रहेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले दिनहुँजसो उद्यमी तथा व्यवसायीसँग भेटघाट बढाइरहेका छन्।

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह पछिल्लो समय निरन्तर उद्योगी व्यवसायीसँगको छलफलमा छन्। देशको अर्थतन्त्र मजबुत बनाउन उद्यमीको मनोबल बढाउन आवश्यक रहेको भन्दै उनले दिनहुँजसो उद्यमी तथा व्यवसायीसँग भेटघाट बढाइरहेका छन्।

बुधबार पनि प्रधानमन्त्री शाहले नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्। नेपालको हस्तकला, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११:३० बजे छलफलको कार्यक्रम तय भएको हो।

छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी सहभागी रहनेछन्।

मंगलबार पनि प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भेटवार्ता गरेका थिए भने सोमबार पुँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग छलफल गरेका थिए।

गएको शुक्रबार पनि उनले फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी र सदस्यसँग छलफल गरेका थिए। भेटमा स्वदेशी जुत्ता-चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


प्रकाशित : बुधबार, साउन ६ २०८३१०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend