मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

पर्यटकीय आकर्षणको केन्द्र बन्दै जराबुट्टा कला संग्रहालय

मंगलबार, साउन ५ २०८३
पर्यटकीय आकर्षणको केन्द्र बन्दै जराबुट्टा कला संग्रहालय

लामिछानेका अनुसार कला बिक्री नगरी संरक्षण गर्ने उद्देश्यले सार्वजनिक संग्रहालय निर्माणको प्रक्रिया अघि बढाइएको छ।

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका-४ मा कानून व्यवसायी तथा कला सर्जक विश्वम्भर लामिछानेले आफ्नै निवासमा स्थापना गरेको जराबुट्टा कला संग्रहालय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।

खोला तथा बगरमा खेर जाने रुखका जरा र जराबुट्टालाई कलात्मक रूप दिइ लामिछानेले करिब ३० वर्षदेखि संकलन तथा सृजना गर्दै आएका छन्। हाल संग्रहालयमा झन्डै ३ सय वटा कलाकृति राखिएका छन्, जसले देशप्रेम, मातृत्व, प्रकृतिप्रेम र सामाजिक सद्भावका सन्देश प्रवाह गर्ने गरेको उनले बताए।

लामिछानेका अनुसार कला बिक्री नगरी संरक्षण गर्ने उद्देश्यले सार्वजनिक संग्रहालय निर्माणको प्रक्रिया अघि बढाइएको छ।

जराबुट्टा कला केन्द्र नेपालका उपाध्यक्ष कृष्णप्रसाद बरालका अनुसार प्रदेश सरकारको ४९ लाख ९९ हजार रूपैयाँको लागतमा जराबुट्टा कला केन्द्रको भवन निर्माण भइरहेको छ। रासस

jarabutta kala.JPG


प्रकाशित : मंगलबार, साउन ५ २०८३१६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend