काठमाडौं- सेयर बजारमा लगातार ६ करोबार दिनसम्म सकरात्मक कारोबार भएको छ।
यो साताको दोस्रो कारोबार दिन मंगलबार आज नेप्से परिसूचक ७.२५ अंक अर्थात् ०.२६ प्रतिशतले वृद्धि भइ २७२६.४९ बिन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन ४१.७० अंक अर्थात् १.५५ प्रतिशतले वृद्धि भइ २७१९.२४ विन्दुमा पुगेको नेप्से यो साताको दोस्रो कारोबारमा पनि बढेर बन्द भएको हो। गत साताको मंगलबार देखि सेयर बजार निरन्तर बढेको छ।
आज नेप्सेमा १ सय ३ कम्पनीको सेयर मूल्य बढेको छ।१ सय ६२ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ४३ कम्पनीको १ करोड ४९ लाख २४ हजार ३ सय २ कित्ता सेयर ७५ हजार १० पटक किनबेच भएको छ।
बजारमा बढेसँगै सेयर कारोबार रकममा पनि सुधार आएको छ।आज ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९ सय ७१ रूपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७ सय २३ रूपैयाँको कारोबार भएको थियो।
एभरेस्ट कलर लिमिटेडको सेयर १५ प्रतिशत बढेको छ। कारोबारमा आएको ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य यस दिन सर्वाधिक ७.४४ प्रतिशत घटेको छ।
आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिडी पावर कम्पनी लिमिटेडको ५५ करोड ७७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा १३ उपसमूहमध्ये ५ सबै परिसूचक बढेको छ। ८ उपसमूहको कारोबार घटेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.८८ प्रतिशत बढेको छ।