मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

दुई समस्याग्रस्त सहकारीका १२५ बचतकर्ताको रकम ऋण असुलीबाट फिर्ता

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन ५ २०८३
दुई समस्याग्रस्त सहकारीका १२५ बचतकर्ताको रकम ऋण असुलीबाट फिर्ता

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।

काठमाडौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 'लालीगुराँस सहकारी' र 'तपाइँ हाम्रो सहकारी'का साना बचतकर्ताको बचत फिर्ता गरेको छ।

समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने तपाइँ हाम्रो सहकारीका ९० जनाले बचत फिर्ता पाएका हुन्।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।

समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। यसरी नै क्रमश: बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने जनाइएको छ।

समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्थाबमोजिम निरन्तर सञ्चालन भइरहेको जनाइएको छ। 


प्रकाशित : मंगलबार, साउन ५ २०८३१५:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend