मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

५८ अर्बको विदेशी लगानी प्रतिबद्धता, अटोमेटिक रुटले सूचना प्रविधिमा आकर्षण बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन ५ २०८३
५८ अर्बको विदेशी लगानी प्रतिबद्धता, अटोमेटिक रुटले सूचना प्रविधिमा आकर्षण बढ्यो

गएको वर्ष क्ल ५९ सेयर खरिदबिक्रीको ५९ वटा अनुमति दिएको छ भने त्यसबाट १२ अर्बबढीको लगानीको प्रतिबद्धता रहेको छ।

काठमाडौं- गएको आर्थिक वर्ष (२०८२/८३) मा विदेशी लगानीकर्ताले नेपालमा ५८ अर्ब रुपैयाँबराबरको लगानी गर्नेगरी अनुमति लिएका छन्।

उद्योग विभागको तथ्यांकअनुसार गएको एक वर्षमा सेयर खरिद तथा नयाँ फर्म दर्ताको माध्यमबाट गर्ने प्रतिबद्धता भएको हो। 

कुल १ हजार १ सय १६ यस्तो लगानी अनुमति विभागले दिएको छ। यसरी स्वीकृत पाउनेमा अटोमेटिक प्रणालिबाट ८ सय ९७ देखिएको छ।

स्वचालित लगानी स्वीकृतिको प्रणाली विकास भएपछि यसमा आकर्षण बढेको छ। तर ठूलो लगानीका स्वीकृतिका लागि भने म्यानुअलमै जानुपर्ने हुन्छ। 

गएको वर्ष कुल ५९ सेयर खरिद-बिक्रीको ५९ वटा अनुमति दिएको छ भने त्यसबाट १२ अर्बभन्दा बढीको लगानीको प्रतिबद्धता रहेको छ। 

सबैभन्दा धेरै विदेशी लगानीको प्रतिबद्धता कृषि तथा वनमूलक उद्योगमा रहेको छ। १८ वटा परियोजनामा २३ अर्ब १८ करोडको प्रतिबद्धता रहेको उद्योग विभागले जानकारी दिएको छ।

त्यस्तै पर्यटनमूलक उद्योग भनिएपनि साना तथा मझौला रेष्टुरेन्टजस्तामा पनि लगानी आउने गरेको छ। यो क्षेत्रका २२७ वटा परियोजनामा १३ अर्ब ९९ करोडको लगानी प्रतिबद्धता आएको छ। 

संख्यात्मक हिसाबले सबैभन्दा धेरै सूचना प्रविधिमूलक क्षेत्रमा देखिएको छ। विभागको तथ्यांकअनुसार गएको वर्षमात्र ७२७ वटा परियोजनामा २ अर्ब ८३ करोड लगानी प्रतिबद्धता आएको छ। 

उत्पादनमूलक उद्योगमा ६३ वटामा ३ अर्ब ९१ करोड, ऊर्जामूलक ४ वटामा ७ अर्ब लगानीको प्रतिबद्धता रहेको छ। 

गएको वर्ष विभागले १ हजार ८ सय १८ वटा बिजनेस भिसा सिफारिस गरेको छ भने १७ अर्ब ८५ करोडको लाभांश फिर्ताको स्वीकृति दिएको छ। 


प्रकाशित : मंगलबार, साउन ५ २०८३११:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend