काठमाडौं- मलेसियन कार ब्रान्ड प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको छ।
प्रोटोन ई मास फाइभ मंगलबार बिक्रीका लागि सार्वजनिक भएको हो। प्रोटोनको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले कार्यक्रमबीच ई मास फाइभ प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध गराएको छ। यस ह्याचब्याक कारको मूल्य क्रमशः २९ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ तय गरिएको छ।
यसअघि प्रोटोनको ई मास सेभेन नेपाली बजारमा उपलब्ध गराइएको थियो। अहिले ई मास फाइभ रेयर ह्वील ड्राइभ अप्सनमा आएको छ। ह्याचब्याक सेगमेन्टमा रेयर ह्वील ड्राइभमा आएकाले ई मास फाइभ नेपाली उपभोक्तामाझ रोजाइमा पर्ने विद्युतीय कारमा रुपमा स्थापिन हुनेछ। सहरी जीवनशैली र दैनिक आवतजावतलाई ध्यानमा राखेर डिजाइन गरिएकाले ई मास फाइभ नेपाली उपभोक्ताको रोजाइमा पर्ने देखिन्छ।
ई मास फाइभको प्राइम भेरिएन्टमा ३०.१२ किलोवाट आवर तथा प्रिमियम भेरिएन्टमा ४०.१६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। जसले एकपटकको फुलचार्जमा क्रमशः २ सय २५ किमी र ३ सय २५ किमी रेन्ज दिने दाबी कम्पनीले गरेको छ। ई मास फाइभको प्राइम भेरिएन्टमा ५८ किलोवाट र प्रिमियम भेरिएन्टमा ८५ किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ।
यस कारको इन्टेरियरमा १४.६ इन्चको स्क्रिन, ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिफंसनल स्टेयरिङ ह्वील, ५० वाटको वायरलेस चार्जर, एम्बियन्ट लाइट र किलेस इन्ट्रीलगायत विशेषता उपलब्ध छन्। सुरक्षाका लागि कारमा ६ वटा एयरब्याग, एडास र ३६० डिग्री क्यामेरा राखिएका छन्।
ई मास फाइभ विश्वका अग्रणी सवारी उत्पादक तथा विद्युतीय सवारी प्रविधिमा अग्रणी जीलीसँगको प्रोटोनको रणनीतिक सहकार्यमा उत्पाद गरिएको कार हो। प्रोटोन ई मास सेभेन पनि जीलीसँगको सहकार्यमै बनेको विद्युतीय कार हो।
प्रोटोन ई मास फाइभले मलेसियाको प्रतिष्ठित एलायन्ज डीएसएफ भेइकल अफ द इयर अवार्डमा ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर, २०२६’ उपाधि प्राप्त गरिसकेको छ।
ई मास फाइभ आफ्नो सेगमेन्टमा नेपालमा पहिलोपटक ‘रियर ह्वील ड्राइभ’ अप्सन भएको विद्युतीय ह्याचब्याक कार हो। याे विशेषताले ई मास फाइभलाई बजारमा उपलब्ध अन्य प्रतिस्पर्धीभन्दा फरक र आकर्षक बनाउँने विश्वास कम्पनीले लिएको छ।