काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैरखाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नगर्न आग्रह गरेको छ।
विभागले आज सूचना जारी गर्दै चोरीपैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ता कपडालगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्रीवितरण नगर्न सूचित गराएको हो।
विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानूनले तोकेबमोजिमको दायित्व तथा सर्त बन्देज परिपालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। रासस