काठमाडौं- टाटा जेन्युइन पार्ट्सका आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्राइभेट लिमिटेडले आफ्ना च्यानल पार्टनर्सको दोस्रो पुस्तालाई लक्षित गरी पहिलोपटक विशेष उद्यमशीलता विकास तालिम सञ्चालन गरेको छ।
सिप्रदी ट्रेनिङ सेन्टरको सहकार्यमा सिप्रदी अटो पार्ट्स प्रालिद्वारा काठमाडौंमा आयोजित विशेष तालिम कार्यक्रम आइतबारबाट सुरु भएको हो। नयाँ पुस्ताका युवा व्यवसायीहरूमा व्यावसायिक दक्षता अभिवृद्धि गर्दै स्वदेशमै उद्यमशीलताका अवसर पहिल्याउन तथा मार्गनिर्देशन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको कम्पनीले जनाएको छ।
पहिलो चरणअन्तर्गत हाल ९ जना च्यानल पार्टनर्सका उत्तराधिकारी युवा व्यवसायीहरूको सहभागिता रहेको छ। युवाहरू वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश जानुभन्दा स्वदेशमै रहेर आफ्नै रैथाने व्यवसायलाई आधुनिक प्रविधि र नवीनतम सोचका साथ अगाडि बढाएमा देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने सिप्रदीको विश्वास छ।
स्थापना कालदेखि सञ्चालनमा रहेका व्यवसायको जगमा उभिएर त्यसलाई नयाँ उचाइमा पुऱ्याउन यो उद्यमशीलता विकास तालिम एक कोसेढुंगा सावित हुने बताइएको छ। सिप्रदी अटोपार्ट्सले आगामी दिनहरूमा यस तालिमलाई थप विस्तार गर्दै देशैभरिका अन्य च्यानल पार्टनर्सका भावी उत्तराधिकारीहरूलाई समेत समेट्ने र सम्बोधन गर्ने दीर्घकालीन योजना बनाएको छ।
यस तालिमले भावी उद्यमी तथा व्यवस्थापकहरूलाई टाटा जेन्युइन पार्ट्सको बजार बुझ्न, वैज्ञानिक तरिकाले व्यवस्थापन गरी नाफा बढाउन र डिजिटल प्रविधिको प्रयोग गरी व्यवसाय विस्तारको ठोस योजना बनाउन पूर्णरूपमा सक्षम बनाउने अपेक्षा गरिएको छ।