शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा

शनिबार, साउन २ २०८३
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा

५२१ जना सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका हुन्।

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका ३०, यान्त्रिक कारबाहीमा १२, संकेत बत्ती उल्लंघनकर्ता २६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ६६ जनालाई कारबाही गरिएको छ।

यसैगरी, अवस्था ठीक नभएको सात, निषेधित क्षेत्रमा हर्न बजाउने ३२, सडक फुटपाथ पार्किङमा १९, एकतर्फीमा ६ र अन्य सवारी नियम पालना नगरेका ३२३ जना रहेको जनाइएको छ। रासस


प्रकाशित : शनिबार, साउन २ २०८३१२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend