शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

शुक्रबार, साउन १ २०८३
एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

यो नयाँ सहकार्यपछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एपमार्फत अनलाइन बैंकिङ फर्महरू सजिलै भर्न सक्नेछन्।

काठमाडौं- डिजिटल बैंकिङलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ।

यो नयाँ सहकार्यपछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एपमार्फत अनलाइन बैंकिङ फर्महरू सजिलै भर्न सक्नेछन्। अब आफ्नो व्यक्तिगत विवरणहरू बारम्बार हातले टाइप गरिरहनु पर्ने झन्झट हट्ने, कागजी काम कम हुने र बैंकको काम सहज र छिटो हुनेछ।

ग्राहकहरूको गोप्य जानकारीको सुरक्षामा पूर्ण ध्यान दिँदै ग्राहकहरू आफैले आफ्नो नागरिक एपबाट विवरण हेर्ने अनुमति नदिएसम्म बैंकले विवरणहरू हेर्न वा प्रयोग गर्न पाउने छैन। साथै, सबै जानकारी जुन कामका लागि मागिएको हो, त्यसमै मात्र प्रयोग हुनेछ।

देशको बढ्दो डिजिटल सार्वजनिक पूर्वाधारलाई प्रयोग गर्दै नेपालभरिका नागरिकहरूका लागि बैंकिङ सेवालाई अझ सुरक्षित, सरल र झन्झटमुक्त बनाउने प्रयासमा यो एउटा ठूलो कदम भएको बैंकले जनाएको छ।


प्रकाशित : शुक्रबार, साउन १ २०८३१७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend