बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

९१ दिनका लागि १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ३१ २०८३
९१ दिनका लागि १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

राष्ट्र बैंक अन्तर्गतको मौद्रिक व्यवस्थापन विभागले ९१ दिने अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हो।

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। 

राष्ट्र बैंक अन्तर्गतको मौद्रिक व्यवस्थापन विभागले ९१ दिने अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हो।

निक्षेप संकलनका लागि आज  दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल गर्न सकिनेछ। राष्ट्र बैंकले निष्कासन गर्न लागेको यस उपकरणको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८३ असोज २८ गते हुनेछ। यस बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।  

इच्छुक बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्दा न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमको सीमाभित्र रहेर आवेदन दिन सक्नेछन्। 

 निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ र संस्थाहरुले बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सक्नेछन्। 

रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकतामा राखिनेछ र समान ब्याजदर प्रस्ताव भएमा प्रो-राटा बेसिसमा बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।  यस उपकरण मार्फत संकलन गरिएको रकमलाई सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकाले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन। 


प्रकाशित : बुधबार, असार ३१ २०८३१२:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend