बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

आजदेखि फेरि भरी सिलिन्डर एलपी ग्यास बिक्री, १४.२ केजी ग्यास २ हजार ६० रुपैयाँमै पाइने

बुधबार, असार ३१ २०८३
आजदेखि फेरि भरी सिलिन्डर एलपी ग्यास बिक्री, १४.२ केजी ग्यास २ हजार ६० रुपैयाँमै पाइने
फाइल तस्बिर

नेपाल आयल निगमले आज (असार ३१ गते) देखि देशभर पुनः १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने भएको छ।

काठमाडौं- नेपाल आयल निगमले आज (असार ३१ गते) देखि देशभर पुनः १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर बिक्री-वितरण गर्ने भएको छ।

निगमले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अब उपभोक्ताले साबिककै मूल्य २ हजार ६० रुपैयाँ मा १४.२ केजीको भरी ग्यास सिलिन्डर खरिद गर्न सक्नेछन्।

ग्यास आपूर्तिमा समस्या देखिएपछि निगमले गत फागुन २९ गतेदेखि ७.१ केजी (आधा) ग्यास भरेर मात्रै बिक्री–वितरण गर्दै आएको थियो। अहिले भारतबाट ग्यास आयात सहज भएको र बजारमा भरी सिलिन्डरको माग बढेकाले पुरानै व्यवस्था पुनः लागू गरिएको निगमले जनाएको छ।

निगमका अनुसार केही समयसम्म बजारमा ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डर एकसाथ उपलब्ध हुन सक्नेछन्। त्यसैले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य राम्रोसँग हेरेर मात्र लिन उपभोक्तालाई आग्रह गरिएको छ।

साथै, निगमले आवश्यकताभन्दा बढी ग्यास खरिद गरेर घरमा भण्डारण नगर्न पनि उपभोक्तासँग अनुरोध गरेको छ।


प्रकाशित : बुधबार, असार ३१ २०८३०८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend