काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सोमबारको तुलनामा सुन तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ भने र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ६० कायम भएको छ।
सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय र त्यति नै परिमाणको चाँदीको मूल्य प्रतितोल ४ हजार ३ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।