मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सेबोन घेराउ गर्न पुगे सेयर लगानीकर्ता, बोर्डको मुख्य गेट बन्द

मंगलबार, असार ३० २०८३
सेबोन घेराउ गर्न पुगे सेयर लगानीकर्ता, बोर्डको मुख्य गेट बन्द

सेयर लगानीकर्ता तथा अभियन्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरूको समूह नेपाल धितोपत्र बोर्ड (सेबोन) को केन्द्रीय कार्यालय पुगेका हुन्।

काठमाडौं- सेयर बजारमा लगातार भैरहेको गिरावटको विरोधमा सेयर लगानीकर्ताहरू आन्दोलनमा उत्रिएका छन्। 

सेयर लगानीकर्ता तथा अभियन्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरूको समूह नेपाल धितोपत्र बोर्ड (सेबोन) को केन्द्रीय कार्यालय पुगेका हुन्।

बजार सुधारका लागि तत्काल नीतिगत हस्तक्षेप गर्नुपर्ने माग राख्दै आन्दोलनकारीहरूले सेबोन घेराउ गरेका छन्। उनीहरूले यसअघि नै बोर्डको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका कारण सेबोन परिसरमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ।

प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले सेबोनको मुख्य प्रवेशद्वार बन्द गराएको छ। सम्भावित झडप वा अप्रिय घटना हुन नदिन कार्यालय परिसरभित्र र बाहिर ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरी सुरक्षा सतर्कता बढाइएको छ।

प्रकाशित : मंगलबार, असार ३० २०८३१०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend