शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

आयल निगम र पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति, सोमबारदेखि आपूर्ती सहज हुने

शनिबार, चैत १९ २०७८
आयल निगम र पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति, सोमबारदेखि आपूर्ती सहज हुने

काठमाडौं- नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति भएसँगै सोमबार देखि पेट्रोलियम पदार्थको आपूर्ती सहज हुने भएको छ। सहमतिपछि व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर पेट्रोलियम कारोबार पूर्ववत रुपमा संचालन गर्ने सहमति गरेका छन्। 

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले तत्काल समस्या समाधान गर्न निर्देशन दिएपछि शनिबार साँझ आयाल निगम र व्यवसायीबीच सहमती भएको हो। 

पेट्रोलियम व्यवसायीको कमिसन र ग्यास ढुवानी भाडा समायोजनमा ७ दिनभित्रै समाधान गर्ने उल्लेख छ। त्यो वार्ता अघि नेपाल पेट्रोलियम समन्वय समितिको शनिबार विहान बैठक बसेको थियो। 

व्यवसायीहरुले आइतबारदेखि भने ग्यास र पेट्रोलियम पदार्थको बिक्री वितरण समेत बन्द गर्ने भनेका थिए। व्यवसायीले राखेका मागमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको छ। तीबाहेक अरु मागका बारेमा १५ जेठसम्ममा पूरा गर्ने गरी काम गर्ने सहमति भएको छ।

joint-press-realese-oli-nigam.jpg

 


प्रकाशित : शनिबार, चैत १९ २०७८१६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend