सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

तरकारी आयात बढ्यो, भारतबाट आलुमात्र ६ अर्ब ५६ करोडको आयात

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत १९ २०७८
images
तरकारी आयात बढ्यो, भारतबाट आलुमात्र ६ अर्ब ५६ करोडको आयात

४ अर्ब ३० करोड ५४ लाख ३९ हजार मूल्यको प्याज भारत र चीनबाट आयात भएको छ।

images
images

काठमाडौं- नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयात आकाशिएको छ। आर्थिक वर्ष २०७७/७८ को (फागुन) मसान्तमा ११ अर्ब ५२ करोड ९५ लाख ९७ हजार रूपैयाँ मूल्यबराबर आलु, प्याज र गोलभेँडा भारत, चीन, बङ्गलादेश तथा इन्डोनेशियाबाट आयात भएको हो। 

images
images
images

झण्डै ६५ प्रतिशत कृषि पेशामा आबद्ध जनताका घरघरमा अत्यावश्यक पर्ने तरकारी अन्य मुलुकबाट आयात गरी भान्सा तयार गर्नुपर्ने भएपछि कृषि प्रधान मुलुकभन्दा आफैँमा लाजमर्दो विषय बन्दै गएको छ। सबैभन्दा धेरै आलु भारतबाट ६ अर्ब ५६ करोड ४६ लाख ४३ हजार र बङ्गलादेशबाट २४ करोड ८१ लख ५९ हजार गरी कूल ६ अर्ब ८१ करोड २८ लाख २ हजार मूल्य बरबार, भारतबाट २५ करोड ८१ लाख ३२ हजार ८३७ र बङ्गलादेशबाट एक करोड ४६ लाख ३८ हजार ८०० किलो आलु आयात भएको छ।

images
images

सोही अवधिमा ४ अर्ब ३० करोड ५४ लाख ३९ हजार मूल्यको प्याज भारत र चीनबाट आयात भएको छ। भारतबाट ११ करोड ५५ लाख ३२ हजार ६८७ किलो र चीनबाट ७३ हजार ६८० किलो प्याज आयात भएको हो।

images
images

त्यसैगरी यसै अवधिमा ४१ करोड १३ लाख ५६ हजार मूल्यका गोलभेँडा आयात भएको छ। भारतबाट ४१ करोड १३ लाख ४५ हजार र इन्डोनेशियाबाट ११ हजार मूल्यका गोलभेँडा आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

सो अवधिमा भारतबाट तीन करोड ८० लाख चार हजार ३३९ किलो र इन्डोनेशियाबाट ६२५ किलो गोलभेँडा आयात भएको छ। इन्डोनेशियाको गोलभेँडा सलादका लागि आयात भएको हो। तीनथरि तरकारीको आयातलाई तथ्याङ्कका रूपमा केलाउँदा गोलभेँडाको उत्पादनमा भने प्रगति हुँदै गएको देखिन्छ।

यहाँ आलु, प्याज र गोलभेँडा खेतीको प्रचुर सम्भावना छ। यति हुँदाहुँदै पनि डरलाग्दो आयात हुनुले नेपालमा आलु, प्याज र गोलभेँडाको परनिर्भरता चुलिँदै गएको देखिन्छ। नेपाल सरकारले आगामी दुई वर्षमा नेपाललाई तरकारी बालीमा आत्मनिर्भर बनाउने घोषणा गरेको भए पनि प्रतिफल न्यून देखिन्छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी दुई वर्ष अर्थात् आव २०७७/७८ बाट प्रमुख तरकारी बालीमा नेपाल पूर्णआत्मनिर्भर हुने घोषण भएको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आव २०७४/७५ बाट सुरु भएको हो। परियोजना आव २०८२/८३ सम्म सञ्चालनमा रहने परियोजना व्यवस्थापन एकाइले जनाएको छ।

नेपालका सबै जिल्लामा आलुखेती गरिन्छ। आलुखेती हुन थालेको २०० देखि २५० वर्षको इतिहास छ। आव २०७६/७७ को सरकारी तथ्याङ्कानुसार एक लाख ८८ हजार हेक्टर क्षेत्रफलमा आलुखेती भई वार्षिक ३१ लाख ३१ हजार ८३० मेट्रिक टन आलु उत्पादन भएको तथ्याङ्कमा उल्लेख छ।

यसै आवको आठ महिनामा भारत र बङ्गलादेशबाट दुई लाख ७२ हजार ७७१ मेट्रिक टन आलु आयात भएपछि नेपालीका लागि कूल ३४ लाख चार हजार ६०१ मेट्रिक टन आलु आवश्यक पर्दछ।

प्याजखेतीमा नाफा नदेखेर किसान आकर्षित हुनसकेका छैनन्। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कानुसार आव २०७६/७७ मा लगभग तीन लाख मेट्रिक टन प्याज उत्पादन भएको तथ्याङ्क छ। चालु आवको आठ महिनामा भारत र चीनबाट एक लाख १५ हजार ६०६ मेट्रिक टन प्याज आयात भएको हो। नेपालीका लागि उत्पादन र आयातलाई हेर्दा झण्डै चार लाख १५ हजार ६०६ मेट्रिक टन प्याजको आवश्यकता पर्ने देखिन्छ। रासस


प्रकाशित : शनिबार, चैत १९ २०७८१३:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend