काठमाडौं- अहिलेको सामान्य बैंकिङ प्रणाली र वर्गीकरणलाई परिमार्जन गर्ने राष्ट्र बैंकले मौद्रिक नीतिबाट घोषणा गरेको छ। कारोबार तथा प्रकृति अनुसार वर्गीकरण गर्दै विशिष्टिकृत बैंकिङको अवधारणामा जाने मौद्रिक नीतिमा घोषणा गरिएको छ।
सरकारले ल्याएको वित्तीय क्षेत्र विकास दोस्रो रणनीतिमा अहिलेको बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरण तथा कार्यक्षेत्र पुनरावलोकन गर्ने उल्लेख गरिएको थियो।
वित्तीय क्षेत्रका सबै क्षेत्रलाई समेट्नेगरी आर्थिक वर्ष २०८२/८३-२०८६/८७ सम्मका लागि रणनीतिमा बैंक तथा वित्तीय संस्थाको हालको कार्यक्षेत्र तथा वर्गीकरणमा हेरफेर गर्दै विशिष्टिकृत बैंकिङको अवधारणामा जाने नीति लिने उल्लेख गरिएको छ।
यही नीतिगत व्यवस्थालाई कार्यान्वयनका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरेको छ।