मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक सर्‍यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २३ २०८३
बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक सर्‍यो

सबै उपसमितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गरेपछि विपक्षीहरु दलहरुले विरोध गरेका छन्।

काठमाडौं- बेरुजु छलफल उपसमिति गठन गर्ने विषयमा सहमति नभएपछि सार्वजानिक लेखा समितिको बैठक दिउँसो ३ बजेका लागि सरेको छ। 

मंगलबार बिहान बसेको बैठकमा आन्तरिक कार्यविधि पारित गर्ने र बेरुजु छलफल उपसमिति गठन गर्ने कार्यसूचि थियो तर उपसिमितिको संयोजक चयनमा विषयमा कुरा नमिलेपछि बैठक स्थगित भएको हो।

सार्वजानिक लेखा समितिले पाँच वटा उपसमिति गठन गर्ने लागेको छ। अर्थ सुशासन उपसिमिति, राज्य सुरक्षा, न्याय, कानून र प्रशासन उपसमिति, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत र वातावरण उपसमिति, आर्थिक उत्पादन, विज्ञान र मानज पुँजी उपसमिति र सामाजिक न्याय, कल्याण र समावेशीकरण उपसमिति छन्।

सबै उपसमितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गरेपछि विपक्षीहरु दलहरुले विरोध गरेका छन्।


प्रकाशित : मंगलबार, असार २३ २०८३१२:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend