काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार ४ सय रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुन तोलाको २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन तोलाको २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ। आज चाँदी तोलाको ४ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।