मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

स्टारलिंकले दक्षिण एसियाली क्षेत्रीय हब बंगलादेशलाई बनाउँदै, नेपालसहितका मुलुकमा व्यान्डविथ निर्यातको अनुमति

मंगलबार, असार २३ २०८३
स्टारलिंकले दक्षिण एसियाली क्षेत्रीय हब बंगलादेशलाई बनाउँदै, नेपालसहितका मुलुकमा व्यान्डविथ निर्यातको अनुमति

यद्यपि चिनियाँ पक्षले स्टारलिंकलाई अनुमति नदिन नेपाल सरकारलाई निरन्तर दबाब पनि दिइरहेका छ।

काठमाडौं- बांगलादेशले स्टारलिंकलाई तेस्रो मुलुकमा स्याटेलाइट इन्टरनेट व्यान्डविथ बिक्री गर्नेसमेतको अनुमति दिएको छ। बांगलादेश टेलिकम्युनिकेसन रेगुलटरी कमिसनले कम्पनीलाई यस्तो अनुमति दिएको हो। नेपाल तथा भुटान जस्ता मुलुकमा निर्यातको अनुमति दिएको हो।

अनफिल्टर ब्यान्डविथ निर्यातका लागि बांगलादेशले यस्तो अनुमति दिएसँगै स्टारलिंकले दक्षिण एसियाली क्षेत्रीय हब बांगलादेशलाई बनाउने भएको छ। यो अनुमतिसँगै स्टारलिंकले त्यहाँबाट ब्यानडविथ निर्यात गर्नेछ। 

नेपालमा सेवा सञ्चालनको अनुमतिका लागि निरन्तर लविङमा भइरहे पनि अझै पाएको छैन। तर बांगलादेशले अनुमति दिएरसँगै हब पनि बनाउने भएको छ। 

इन्टरनेसनल प्राइभेट लिज सर्किट मार्फत् बंगलादेशबाट नेपाल, भुटान र अन्य छिमेकी देशमा अनफिल्टर्स इन्टरनेट सेवा पुर्‍याउन सकिने व्यवस्था छ। स्टारलिंकले बंगलादेशको राज्य स्वामित्वको बांगलादेश सवमरिन केबल कम्पनीबाट ब्यान्डविथ लिएर स्याटेलाइट नेटवर्कमार्फत सेवा दिनेछ। यो ब्यान्डविथ बंगलादेश भित्र भने प्रयोग हुने छैन। पूर्ण रूपमा छिमेकी देशहरूका लागि मात्र निर्यात हुनेछ।

यो निर्णयले बंगलादेशलाई दक्षिण एसियाको डिजिटल हब बनाउने सम्भावना बढाएको छ। स्टारलिंकले बंगलादेशलाई प्रयोग गरेर नेपाल र भुटानमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्न सजिलो हुने भएको छ।

नेपालमा स्याटेलाइट इन्टरनेट सेवाको आवस्यकता भएपनि नेपाल सरकारको दूरसञ्चार नीति तथा स्टारलिंकको लगानी नीति बाझिँदा समस्या भएको छ। स्टारलिंकले हालसम्म कतै पनि लगानी साझेदारी गरेको छैन। तर नेपाल सरकारले भने दूरसञ्चार नीति मार्फत् विदेशी कम्पनीलाई बढीमा ८० प्रतिशतमात्र अनुमति दिने गरेको छ। यही नीतिगत अड्चनका कारण नेपालमा सम्भव भएको छैन। 

यद्यपि चिनियाँ पक्षले स्टारलिंकलाई अनुमति नदिन नेपाल सरकारलाई निरन्तर दबाब पनि दिइरहेका छ।


प्रकाशित : मंगलबार, असार २३ २०८३०९:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend