सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

नेप्सेका सीईओ चुडामणि चापागाईंको राजीनामा स्वीकृत

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २२ २०८३
नेप्सेका सीईओ चुडामणि चापागाईंको राजीनामा स्वीकृत

केही समयअघि उनले पेस गरेको राजीनामा सोमबार स्वीकृत भएको हो। चापागाईं २०८१ चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले दिएको राजीनामा स्वीकृत भएको छ।

केही समयअघि उनले पेस गरेको राजीनामा सोमबार स्वीकृत भएको हो। चापागाईं २०८१ चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।

उनको राजीनामा स्वीकृत भएसँगै नेप्सेको प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको छ। अब उक्त पदमा नयाँ सीईओ नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ। 

सोमबार अर्थमन्त्री डा‍‍ स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका हुन्। सीईओ चापागाईंले बुझाएको राजीनामा-पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ। 

प्रकाशित : सोमबार, असार २२ २०८३१८:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend