आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

नाडा अटो शो २०२६ को स्टल बाँडफाँट, १९ कार ब्रान्डसहित ७६ स्टल रहने

आइतबार, असार २१ २०८३
नाडा अटो शो २०२६ को स्टल बाँडफाँट, १९ कार ब्रान्डसहित ७६ स्टल रहने

उक्त प्रदर्शनीको स्टलका लागि गोला प्रथामा सहभागी हुनका लागि गत महिना रजिष्ट्रेसन खुल्ला गरिएको थियो।

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आउँदो भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शोको स्टल छनोट गरेको छ। 

आइतबार नाडाले गोला प्रथाबाट अटो शोमा सहभागी कम्पनीहरुको स्टल छनोट गरेको हो। सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाहरुको प्रदर्शनीको १८औँ संस्करण 'एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६' भदौ ९ गतेदेखि हुन लागेको छ। 

उक्त प्रदर्शनीको स्टलका लागि गोला प्रथामा सहभागी हुनका लागि गत महिना रजिष्ट्रेसन खुला गरिएको थियो। आइतबार नाडा सचिवालयमा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारीहरु, केन्द्रीय कार्यसमितिका सदस्यहरु एवं सम्पूर्ण सहभागी कम्पनीहरुका प्रतिनिधीहरुको उपस्थितिमा उक्त गोला प्रथा कार्यक्रम सम्पन्न गरिएको नाडाले जनाएको छ। 

नाडामा सहभागी कम्पनीहरुलाई स्टल बाँडफाँट भएको हो। गोला प्रथाद्वारा १९ वटा प्यासेन्जर कार, १० वटा  दुई पाँग्रे सवारी साधन, १७ वटा लाइट कमर्सियल भेहिकल एवं ७६ वटा साना स्टलहरूमा ४५ ओटा अटो कम्पोनेन्ट्सहरुलाई स्टल एलट्मेन्ट गरिएको छ। 


प्रकाशित : आइतबार, असार २१ २०८३१८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend