आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

३ करोड रुपैयाँको लागतमा सावाखोलामा पक्की पुल निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २१ २०८३
३ करोड रुपैयाँको लागतमा सावाखोलामा पक्की पुल निर्माण

२०७५ सालमा ट्र्याक खोलिएको ३३ किलोमिटर खोटाङ बजार-पाप्माखाम भञ्ज्याङ सडक धमाधम स्तरोन्नति भइरहेको छ।

खोटाङ- सावाखोलामा ३ करोड ७ लाख ७३ हजार ५ सय ९८ रुपैयाँको लागतमा मोटरकारलगायत सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण भएको छ।

निर्माणसम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ। संघीय सरकारको समपूरक अनुदानमा निर्मित पुलमा शनिबारदेखि सवारीसाधनलाई सञ्चालनको अनुमति दिइएको हो।

पक्की पुल निर्माण भएसँगै खोटाङ-पाप्माखाम भञ्ज्याङ सडकमा बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ। यो पुल २० दशमलव ९० मिटर लामो छ।

यसैबीच, २०७५ सालमा ट्र्याक खोलिएको ३३ किलोमिटर खोटाङ बजार-पाप्माखाम भञ्ज्याङ सडक धमाधम स्तरोन्नति भइरहेको छ। यसनिम्ति कोशी प्रदेश सरकारले दुई करोड रुपैयाँ विनियोजन गरेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असार २१ २०८३१३:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend