सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सानिमा बैंकद्वारा भारत-नेपाल रियल टाइम पीटूपी भुक्तानी सेवा सुरु

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २१ २०८३
सानिमा बैंकद्वारा भारत-नेपाल रियल टाइम पीटूपी भुक्तानी सेवा सुरु

यस सेवामार्फत भारत तथा नेपालका प्रयोगकर्ताहरूले आफ्नो बैंक खाताको विवरण साझा नगरी ‘भर्चुअल पेमेन्ट एड्रेस’ तथा यूपीआई आईडी प्रयोग गरेर पैसा पठाउन र पाउन सक्नेछन्।

काठमाडौं- सानिमा बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा भारत-नेपाल रियल टाइम ‘पर्सन टु पर्सन’ भुक्तानी सेवा सुरु गरेको छ। 

यस सेवाले दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सहज बनाउनेछ।

यस सेवामार्फत भारत तथा नेपालका प्रयोगकर्ताहरूले आफ्नो बैंक खाताको विवरण साझा नगरी ‘भर्चुअल पेमेन्ट एड्रेस’ तथा यूपीआई आईडी प्रयोग गरेर पैसा पठाउन र पाउन सक्नेछन्। 

नेपाली प्रयोगकर्ताले मार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोगकर्ताले युपिआई आइडी प्रयोग गरी नेपालमा रकम पठाउन र प्राप्त गर्न सक्नेछन्। यसले सीमापार भुक्तानी प्रक्रियालाई अझ सरल र सुरक्षित बनाएको छ।

बैंकका अनुसार यो सुविधा भारत र नेपाल आवतजावत गर्ने विद्यार्थी, पेसाकर्मी, यात्री तथा एकअर्का देशमा निर्भर रहेका परिवारहरूका लागि आधुनिक र प्रभावकारी विकल्पका रूपमा उपयोगी हुनेछ।

सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालका अनुसार बैंकले हाल देशका सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय र १२७ वटा एटीएममार्फत् आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : आइतबार, असार २१ २०८३१२:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend