शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

अब्बल मानिएको टाटा सियरा ईभी कहिले आइपुग्छ नेपाल?

शनिबार, असार २० २०८३
अब्बल मानिएको टाटा सियरा ईभी कहिले आइपुग्छ नेपाल?

टाटाले सियरा ईभी ६३ किलोवाट आवर र ७५ किलोवाट आवरको दुई ब्याट्री प्याक अप्सनमा उपलब्ध छ। सियरामा उपलब्ध एलएफपी ब्याट्रीले एक पटकको फुलचार्जमा क्रमशः ५ सय ८५ किमी र ६ सय ६५ किमी एमआईडीसी रेन्ज दाबी कम्पनीको छ।

काठमाडौं- गत साता टाटा मोटर्सले बहुप्रतिक्षित सियरा ईभी भारतीय बजारमा सार्वजनिक गर्‍यो। सार्वजनिक हुने घोषणासँगै चर्चा र चासो भएको सियरा ईभी भारतीय बजारमा बिक्री सुरू भएसँगै उक्त कार नेपाली बजारमा कहिले आउला भन्ने जिज्ञासा नेपाली उपभोक्तामा पनि देखिन थालेको छ। 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले सियरा ईभी आगामी भदौमा हुने नाडा अटो शोमा ल्याउने सम्भावना उच्च रहेको छ। टाटाका विद्युतीय कार नेपाली बजारमा रुचाइएको विद्युतीय कार ब्रान्ड मध्यमा पर्छ। सोही कारण पनि सिप्रदीले नयाँ प्रविधिमा बनेको टाटाको नयाँ विद्युतीय कार छिट्टै नेपाल ल्याउने निश्चत जस्तै छ। 

टाटा मोटर्सले भारतमा सियरा ईभी विभिन्न ८ भेरियन्टमा गत साता सार्वजनिक गरेको थियो। जसमा बेस भेरियन्टको मूल्य १८ लाख ७० हजार भारु र टप भेरियन्टको २५ लाख ९९ हजार भारु कायम गरिएको छ। आकर्षक विशेषता र प्रतिस्पर्धी अन्य कारको मूल्यका आधारमा यो निकै आकर्षक मूल्यमा आएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन्। 

टाटाले सियरा ईभी ६३ किलोवाट आवर र ७५ किलोवाट आवरको दुई ब्याट्री प्याक अप्सनमा उपलब्ध छ। सियरामा उपलब्ध एलएफपी ब्याट्रीले एक पटकको फुलचार्जमा क्रमशः ५ सय ८५ किमी र ६ सय ६५ किमी एमआईडीसी रेन्ज दाबी कम्पनीको छ।

सियरा ईभीले १ सय २० किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। टाटाका अनुसार यो गाडी २६ मिनेटमै २० देखि ८० प्रतिशतसम्म चार्ज हुनेछ। ७५ किलोवाट आवरको भेरियन्टले १५ मिनेटमा २ सय ६३ किलोमिटरसम्मको रेन्ज थप्न सक्छ भने ६३ किलोवाट आवरको भेरियन्टले सोही समयमा २ सय ३ किलोमिटरसम्म थप्न सक्ने टाटा मोटर्सले जनाएको छ।

सियरा ईभी दुई ड्राइभ अप्सनमा उपलब्ध छ । ७५ किलोवाटको ब्याट्री भएको टप भेरियन्ट सियरा ईभी क्वाड ह्वील ड्राइभ ड्युअल मोटर (अल ह्वील ड्राइभ)मा उपलब्ध छ भने अन्य भेरियन्ट रियर ह्वील ड्राइभमा उपलब्ध रहेको छ। शक्तिशाली मोटर भएकाले सियरा ईभीले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेण्डमै तय गर्न सक्ने कम्पनीले जनाएको छ। 

सियराको बाहिरी डिजाइन आइसीई संस्करणसँग मिल्दोजुल्दो छ। यसमा बाइ एलईडी अटो प्रोजेक्टेड हेडल्याम्प र वासरसहितको पछाडिको वाइपर समावेश छन्। सियरा ईभीमा बन्द गरिएको अगाडिको खण्ड, कनेक्टेड लाइटिङ, फ्लस डोर ह्याण्डलहरू, बाक्लो क्ल्याडिङ र मूल सियराबाट प्रेरित सिधा सिलौटका साथ टाटाको पछिल्लो ईभी स्टाइलिङ विशेषताहरू पनि रहेका छन्। सियरा ईभीको अर्को राम्रो पाटो भनेको मल्टि लिंक सस्पेन्सन तथा १८ इञ्चको अलोय ह्वील पनि हो। 

यो विद्युतीय एसयूभी दुईवटा १२.३ इन्चको इन्फोटेनमेन्ट र को ड्राइभर डिस्प्ले, एउटा १०.२५ इञ्चको इन्स्ट्रुमेन्ट क्लस्टर भएको होराइजन भ्यू ट्रिपल स्क्रीन सेटअप छ। यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, एन्ड्रोइड अटोका साथमा भारतको पहिलो ईभी रूट प्लानर, सोनिक साउण्डबार र सबवुफरसहितको १२-स्पीकर भएको जेबीएल ब्ल्याक अडियो सिस्टम, भारतको पहिलो इन कार यूपीआइ प्रणालीको रूपमा ड्राइभपे इन्टिग्रेसन, प्रयोगकर्ताहरूलाई कारभित्रै भिडियो गेम खेल्न अनुमति दिने एयरकन्सोललगायत विशेषता छन्। 

त्यसैगरी मल्टि कलर इन्टरफेस भएको एचयूडी, आर्केड ईभी एप सुइट र फाइभ जी कनेक्टिभिटीसहितको आईआरए डट ईभी कनेक्टेड कार सुइट, एक्सटेन्डेबल अन्डर थाई सपोर्ट, अटो क्लाइमेट कन्ट्रोल, अटो डिमिङ आइआरभीएम, पावर्ड र भेन्टिलेटेड सिटहरू, ड्राइभर सिटका लागि मेमोरी सेटिङहरू, अगाडि र पछाडिको आर्मरेस्ट, पछाडिको विन्डो सनब्लाइन्ड, लेदररेट अपहोल्स्ट्री लगायत विशेषता सियरा ईभीमा छ। 

टाटाले सियरामा सामान राख्न ६ सय २२ लिटरको बुटस्पेस र ५५ लिटरको फ्रन्क छ। साथै गाडीबाटै अन्य विद्युतीय उपकरण प्रयोग गर्न ३.३ किलोवाट सपोर्ट गर्ने भेहिकल टू लोड सुविधा छ। भेहिकल टू भेहिकल चार्जिङ ५ किलोवाटबाट गर्न सकिनेछ। 

सियरा ईभीमा सुरक्षाका लागि ६ वटा एयरब्याग र अल ह्वील डिस्क ब्रेकहरू पनि उपलब्ध छन्। टप स्पेक भेरियन्टमा लेभल २ प्लस एडास, अटो पार्क असिस्ट, ५४० डिग्री सराउण्ड भ्यू, ट्रान्सपेरेन्ट बोनेट भ्यू र समन मोड छ। जसले गाडीलाई साँघुरो पार्किङ ठाउँहरूमा टाढैबाट अगाडि वा पछाडि सार्न अनुमति दिन्छ।

नेपाली बजारमा सिप्रदीले कुन कुन भेरियन्ट ल्याउँछ र कति मूल्यमा आउँछ भन्नका लागि अबको करिब दुई महिना पर्खनु पर्ने हुन्छ। 


प्रकाशित : शनिबार, असार २० २०८३१३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend