बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

कञ्चनपुरका महिलालाई कार्यबोझ थपिँदै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १७ २०८३
कञ्चनपुरका महिलालाई कार्यबोझ थपिँदै

शुक्लाफाँटा, कृष्णपुर, बेदकोट र भीमदत्तनगर चुरे छेउ गाउँका महिलाको कार्यबोझ अधिक रूपमा थपिएको छ। तर चुरे क्षेत्र बाहिरका महिलाहरूको कार्यबोझ कम छैन।

कञ्चनपुर- कञ्चनपुरका महिलामाथि कार्यबोझ दिनप्रतिदिन बढ्दै गएको छ। अत्यधिक गर्मी, अनियमित वर्षा र खेतीपातीको समय परिवर्तनसँगै दैनिक जीवन कठिन बन्दै गएको छ। विशेषगरी विपन्न, दलित र जनजाति समुदायका महिला यसको सबैभन्दा बढी मारमा परेका छन्।

शुक्लाफाँटा, कृष्णपुर, बेदकोट र भीमदत्तनगर चुरे छेउ गाउँका महिलाको कार्यबोझ अधिक रूपमा थपिएको छ। तर चुरे क्षेत्र बाहिरका महिलाहरूको कार्यबोझ कम छैन। 

वर्षा नियमित नभएपछि खेती गर्ने समय पनि अन्योलमा परेको छ। यसले उत्पादन घटाएको छ र खाद्य सुरक्षामा प्रत्यक्ष असर पारेको छ। 

चुलोचौका, मेलापात, घाँसदाउरा र पशुपालनमा महिलाको सक्रियता पुरुषको तुलनामा धेरै हुन्छ। जलवायु परिवर्तनका कारण वन क्षेत्र टाढिँदै जाँदा महिलाले दाउरा र घाँसका लागि अझ टाढा जानुपर्ने बाध्यता बढेको छ। 

टाढा जङ्गल जाने क्रममा महिलाहरू वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन्। त्योसँगै दैनिक भागदौड र पर्याप्त पोषिलो खाना नपाउँदा धेरै महिलाको स्वास्थ्यमा समस्या देखिन थालेको छ। 

धेरै परिवारका पुरुष रोजगारीका लागि भारत वा खाडी र तेस्रो मुलुक जाने गरेका छन्। त्यसैले बालबालिका हुर्काउनेदेखि घरको सम्पूर्ण जिम्मा महिलामाथि पर्छ। 

शुक्लाफाँटा-८ का वडाध्यक्ष बहादुरसिंह महरा भन्छन् ‘जङ्गली जनावर, विशेषगरी हात्ती, बँदेल, चितल, निलगाई र बाँदरलगायतले बाली नष्ट गर्ने, बाघ, चितुवालगायतका हिंस्रक जनावरले जनधनको क्षति पुर्याउने घटना बढ्दै गएका छन्।’ त्यो समस्या सबैभन्दा बढी चुरे क्षेत्र नजिकका बस्तीमा छ, त्यसपछि निकुञ्ज आरपासका बस्तीमा रहेको बताए।

उनका अनुसार जङ्गली जनावरको समस्या छँदैछ। वर्षा अनियमित हुँदा धान, मकै, गहुँलगायत मुख्य बालीको उत्पादन पनि बर्सेनि घट्दो छ। केही बाली रोग र कीराले नष्ट हुने गरेको छ। फलस्वरूप विपन्न परिवारहरूमा खाद्य सङ्कट बढ्दै गएको छ।

कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाका गयाप्रसाद चौधरी भन्छन्, ‘बालीमा नयाँ रोग र घाँसका प्रजाति बढ्न थालेका छन्, घरका पुरुष कामको खोजीमा घर बाहिर रहन्छन्, जसलाई हटाउनका लागि महिलाले थप श्रम खर्च गर्नुपर्छ। 

 


प्रकाशित : बुधबार, असार १७ २०८३११:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend