बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

वायुसेवा निगमलाई कम्पनी मोडलमा रूपान्तरण गर्ने प्रधानमन्त्री बालेन्द्रको घोषणा

बुधबार, असार १७ २०८३
वायुसेवा निगमलाई कम्पनी मोडलमा रूपान्तरण गर्ने प्रधानमन्त्री बालेन्द्रको घोषणा

निगम सुधारका पहिले निगमभित्रका पदाधिकारी तथा कर्मचारीले आफ्नो जिम्मेवारी पूर्णरूपमा निर्वाह गर्नुपर्ने र जिम्मेवारी निर्वाहका लागि आवश्यक पर्ने नीतिगत व्यवस्थादेखि स्रोत साधनको व्यवस्थापनसम्मका लागि सरकार सधैँ तयार रहने प्रधानमन्त्रीको भनाइ छ।

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा रूपान्तरण गर्ने घोषणा गरेका छन्। 

नेपाल वायुसेवा निगमको ६८ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्ने उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले आर्थिक संकट भोगिरहेको निगमको सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले लिखित रुपमा दिइएको शुभकामना मन्तव्यमा भनिएको छ, 'आगामी आर्थक वर्षको बजेट वक्तव्यमा नवौँ पृष्ठको १६ नम्बर बुँदामा नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ भन्ने उल्लेख गरेको र सो विषयलाई सार्थकता दिन चाडै नै आवश्यक कदम चाल्ने र सरोकारवाला सबैको सकारात्मक भूमिकाको पनि अपेक्षा गरिन्छ।'

शाहकै मन्तव्यमा वायुसेवा निगमलाई सुरक्षित, भरपर्दो र व्यावसायिक बनाउनुपर्छ भन्ने मान्यताका साथ संकटमा रहेको निगमको सुक्ष्म अध्ययन तथा विश्लेषण भइरहेको उल्लेख छ।

निगम सुधारका पहिले निगमभित्रका पदाधिकारी तथा कर्मचारीले आफ्नो जिम्मेवारी पूर्णरूपमा निर्वाह गर्नुपर्ने र जिम्मेवारी निर्वाहका लागि आवश्यक पर्ने नीतिगत व्यवस्थादेखि स्रोत साधनको व्यवस्थापनसम्मका लागि सरकार सधैँ तयार रहने प्रधानमन्त्रीको भनाइ छ।

सुशासनलाई मुख्य लक्ष्य बनाएर काम गरिरहेको सरकारलाई निगमभित्रको सुशासनको विषयमा बेलाबेलामा उठ्‌ने गरेका प्रश्नहरुप्रति गम्भीर चासो रहेकोसमेत मन्तव्यमा उल्लेख छ।

साथै प्रधानमन्त्री शाहले अहिले भइरहेका कामहरूलाई प्रभावकारी, चुस्तदुरुस्त सेवाग्राहीमैत्री र व्यावसायिक रूपमा आत्मनिर्भर गराउन आफ्नो कार्यशैलीमा सुधार गर्नसमेत निर्देश गरेका छन्।


प्रकाशित : बुधबार, असार १७ २०८३११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend