बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

५० हजार विद्युत् मिटर सातै प्रदेशमा वितरण, नयाँ जडानका लागि निवेदन दिन प्राधिकरणको आग्रह

बुधबार, असार १७ २०८३
५० हजार विद्युत् मिटर सातै प्रदेशमा वितरण, नयाँ जडानका लागि निवेदन दिन प्राधिकरणको आग्रह

नेपाल विद्युत् प्राधिकरणले ५० हजार वटा नयाँ विद्युत् मिटर प्राप्त गरी ती सातै प्रदेशका सम्बन्धित कार्यालयहरूमा पठाइसकेको जनाएको छ।

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले ५० हजार वटा नयाँ विद्युत् मिटर प्राप्त गरी ती सातै प्रदेशका सम्बन्धित कार्यालयहरूमा पठाइसकेको जनाएको छ।

प्राधिकरणका अनुसार नयाँ विद्युत् मिटर आवश्यक पर्ने सबै सेवाग्राहीले आफ्नो नजिकको वितरण केन्द्र वा प्रादेशिक कार्यालयमा पुगेर आवश्यक प्रक्रिया पूरा गर्दै निवेदन दर्ता गर्न सक्नेछन्।

मिटर अभावका कारण नयाँ जडान तथा मिटर प्रतिस्थापनमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले मिटर प्रदेशस्तरमा वितरण गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सेवाग्राहीलाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक परेका सेवाग्राहीलाई सम्बन्धित कार्यालयमा समयमै सम्पर्क गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।


प्रकाशित : बुधबार, असार १७ २०८३१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend