मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

लगातार सातौं दिन घट्यो सेयर बजार, कारोबार बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार १६ २०८३
लगातार सातौं दिन घट्यो सेयर बजार, कारोबार बढ्यो

आज ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन २ अर्ब ६७ करोड १८ लाख ३२ हजार ९ सय ६५ रुपैयाँको कारोबार भएको थियो।

काठमाडौं-  साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २४.६३ अंकले घटेर २६०८.३३ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से  १६.५४ अंकले घटेर बन्द भएको थियो।

आज नेप्सेमा ३५ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी २ सय ३५ कम्पनीको सेयर मूल्य घटेको छ। ३ सय ६५ कम्पनीको ८७ लाख ३७ हजार ३ सय ९२ कित्ता सेयर ७९ हजार २ सय ८ पटक किनबेच भएको छ।

आज ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन २ अर्ब ६७ करोड १८ लाख ३२ हजार ९ सय ६५ रुपैयाँको कारोबार भएको थियो।

आज स्नो रिभर्स लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिद्धार्थ बैंक लिमिटेडको १३ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.७४ प्रतिशतले घटेको छ।

बैंकिङ ०.७३, विकास बैंक ०.०१, फाइनान्स १.००, होटल तथा पर्यटन ०.९३, जलविद्युत् १.४३, लगानी ०.७४, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन १.२०, माइक्रोफाइनान्स ०.५६, निर्जीवन बीमा ०.६१, अन्य १.३१ तथा व्यापार १.७४ प्रतिशत घटेको छ।


प्रकाशित : मंगलबार, असार १६ २०८३१५:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend