मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

भक्तपुरबाट एकैदिन ४० टन ताइचिन चिउरा बिक्री

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार १६ २०८३
भक्तपुरबाट एकैदिन ४० टन ताइचिन चिउरा बिक्री

दही चिउरा खाने दिन काठमाडौं उपत्यकाका व्यापारी तथा रेष्टुरेष्टहरूमा ताइचिन चिउराको माग अत्यधिक बढेको छ।

भक्तपुर- लोकल उत्पादनको रूपमा प्रख्यात भक्तपुरको ताइचिन चिउरा असार १५ गते सोमबार एकैदिन ४० टन बिक्री भएको छ।

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका विभिन्न सहर र काभ्रेपलाञ्चोक जिल्लामा असार १५ का लागि यहाँका चिउरा व्यवसायीले ४० टन ताइचिन चिउरा बिक्री गरेको चिउरा व्यवसायी एवं भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिले जानकारी दिए।

ताइचिन चिउराको माग अत्यधिक बढेको उनले बताए। दहीसँग ताइचिन चिउरा निकै स्वादिलो हुने मान्यता अनुरूप वर्षौँदेखि चिउराका पारखीले ताइचिन चिउरानै रोज्ने गर्छन्।

भक्तपुरमा करिब २५ वटा चिउरा मिलबाट दैनिक २५ टन ताइचिन चिउरा उत्पादन हुने गरेको उनले जानकारी दिए। भक्तपुर नगरपालिका-६ भालाछेँमा लक्ष्मी चिउरा उद्योगको नामले प्रख्यात जतिको उक्त चिउरा उद्योगमा मात्रै दैनिक ८०० किलो ताइचिन चिउरा बिक्री हुने गरेको उनी बताउँछन्।

दही चिउरा खाने दिन काठमाडौं उपत्यकाका व्यापारी तथा रेष्टुरेष्टहरूमा ताइचिन चिउराको माग अत्यधिक बढेको उनले बताए। आज मात्रै आफ्नो चिउरा मिलबाट एक हजार किलो चिउरा माग भएकोमा ८०० किलो मात्रै दिन सकेको संघका निवर्तमान अध्यक्ष जति बताउँछन्। भक्तपुरबाट प्रतिकिलो २५० मा ताइचिन चिउरा बिक्री हुँदै आएको छ।

खानलाई स्वादिलो र स्वस्थ्यवर्द्धक हुने भएकाले दहीसँग ताइचिन चिउरा खाने प्रचलन रहेको उनी बताउँछन्। भक्तपुरबाट वार्षिक ३०० टन ताइचिन चिउरा काठमाडौं उपत्यकामा बिक्री हुने गरेको उनी बताउँछन्।

चिउराका लागि चैतेधानको साथै चितवन, नुवाकोट, पनौती, नाला, भक्तपुरबाट सिजनअनुसार धान आयात गरेर चिउरा उत्पादन गर्ने गरेको संघका पूर्वअध्यक्ष जति बताउँछन्। रासस


प्रकाशित : मंगलबार, असार १६ २०८३०९:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend