सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

विद्युतीय राहदानी छपाई भ्रष्टाचारको मुद्दा- पाँच जनलाई धरौटीमा छाड्न आदेश

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १५ २०८३
विद्युतीय राहदानी छपाई भ्रष्टाचारको मुद्दा- पाँच जनलाई धरौटीमा छाड्न आदेश
फाइल तस्बिर

काठमाडौं- प्रधानमन्त्री कार्यालयको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी विद्युतीय राहदानी छपाईको भ्रष्टाचारको मुद्दामा पक्राउ परेका सबैलाई धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ। 

 

पक्राउ नै गरेर अनुसन्धान गरेर मुद्दा दायर भएको थियो। राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याललाई ५ लाख, सुनिलकुमार केसीलाई ४ लाख, सोमेस थापालाई ३ लाख, विपिन प्रसाईलाई ३ लाख र मणिन्द्रराज मल्ललाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ। 

 

नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले कर्मचारीहरू तुलसीप्रसाद आचार्य र रामराजा दाहाललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ। 


प्रकाशित : सोमबार, असार १५ २०८३१८:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend