सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक : महालेखापरीक्षक राया

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १५ २०८३
लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक : महालेखापरीक्षक राया

सूचना प्रविधिमा आधारित प्रणालीलाई सुदृढ बनाउन थप स्रोतसाधन आवश्यक। महालेखापरीक्षकको कार्यालयबाट सार्वजनिक हुने लेखापरीक्षण प्रतिवेदनप्रति जनअपेक्षा बढ्दै गएको भनाइ।

काठमाडौं- लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा संगठनात्मक स्वायत्तता अपरिहार्य रहेको महालेखापरीक्षक तोयम रायाले बताएका छन्।

सोमबार महालेखापरीक्षक कार्यालयको ६८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लेखापरीक्षणलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन सूचना प्रविधिको प्रयोग हुँदै आए पनि त्यसलाई अझ परिष्कृत गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले सूचना प्रविधिमा आधारित प्रणालीलाई सुदृढ बनाउन थप स्रोतसाधन आवश्यक रहेको बताए। महालेखापरीक्षकको कार्यालयबाट सार्वजनिक हुने लेखापरीक्षण प्रतिवेदनप्रति जनअपेक्षा बढ्दै गएको उनको भनाइ छ।

उनले महालेखापरीक्षकको कार्यालयले गुणस्तरीय लेखापरीक्षणमार्फत जनविश्वास कायम राख्ने र संस्थाको साख अभिवृद्धि गर्ने गरी कार्य व्यवस्थापन गरिएको जानकारी दिए।

‘लेखा परीक्षणको गुणस्तर र प्रभावकारीताको अभिवृद्धिको लागि वित्तीय तथा संगठानत्मक स्वायत्तताको समेत आवश्यक पर्ने हुँदा सो को लागि संघीय संसद र नेपाल सरकारबाट आवश्यक सहयोग प्राप्त भइरहेको छ, आगामी दिनमा समेत यसको निरन्तरता हुने विश्वास लिएको छु' उनले भने।

लेखा परीक्षणलाई व्यवस्थित र गुणस्तरीय बनाउन सूचना प्रविधिको उपयोग हुँदै आएकोमा त्यसलाई अझ परिमार्जन गर्न आवश्यक देखिएको भन्दै उनले भने, 'त्यसको लागि थप स्रोतसाधन आवश्यक रहेकोले यसमा नेपाल सरकारबाट सहयोग प्राप्त हुने अपेक्षा गर्दछु। यस कार्यालयबाट सम्पादन हुने लेखा प्रतिवेदनप्रति जनअपेक्षा बढ्दै गएको परिपेक्षमा गुणस्तीरय लेखा परिक्षणबाट जनविश्वास कायम गर्न तथा साँख अभिवृद्धि गर्नेगरी कार्यसञ्चालन व्यवस्थापन भएको छ।’

उनले कार्यालयले चालु आर्थिक वर्षदेखी लागू हुनेगरी रणनीतिक योजना २०८२/८३–२०८६/८७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी दिए। लेखा परिक्षणको क्रममा स्थलगत अनुमगन गर्ने गरेको उनको भनाइ छ।

आगामी वर्ष प्रत्येक प्रदेशका तीन जिल्ला समेट्नेगरि २१ जिल्लामा लेखा परिक्षणको क्रममा स्थलगत अनुगमन गर्ने र सरोकारवालाहरुको गुनासो र सुझाव लिने बताए। उनले सार्वजानिक क्षेत्रको लेखापरीक्षणलाई पारदर्शी र प्रभावकारी बनाउन सरोकारवालाहरुसंग विभिन्न चरणमा छलफल गर्ने जानकारी दिए।

महालेखाले २०८१/८२ मा ५ हजार ५ सय २६ वटा निकाय तथा कार्यालयको ९४ खर्ब ८४ अर्ब ५० करोडको लेखा परीक्षण गरिएको जानकारी दिए। सोमध्ये वित्तिय लेखा परिक्षणतर्फ ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम हुन आएको बताए। उनले प्रतिवेदन अवधीसम्म ६३ अर्ब १२ करोड ९५ लाख रुपैयाँ सम्परिक्षण भएको र सोमध्ये लेखा परीक्षण तथा संपरीक्षणबाट १४ अर्ब ६३ करोड २७ लाख रुपैयाँ असुल भएको जानकारी दिए।


प्रकाशित : सोमबार, असार १५ २०८३१५:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend