गण्डकी- गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक बहुमतले पारित भएको छ। प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित भएको हो।
बजेटको मन्त्रालयगत विनियोजन शीर्षकमा छलफलपछि विधेयक पारित गरिएको हो। यही असार १ गते मन्त्री शेरचनले ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।
बैठकमा मुख्यमन्त्री पाण्डेले आगामी आव २०८३/८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पारेका थिए। सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याएको उहाँको भनाइ थियो। “स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन”, मुख्यमन्त्री पाण्डेले भने।