काठमाडौं- साताको पाँचौ तथा अन्तिम कारोबार दिन आज शुक्रबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ अंकले घटेर २६४९.५१ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से ८.५० अंकले घटेर बन्द भएको थियो।
यो साता नेप्से परिसूचकमा लगातार पाँचौं कारोबारसम्म गिरावट देखिएको छ। यो साताभर सेयर बजार परिसूचक नेप्से ५२.५७ अंकले घटेको छ।
पहिलो कारोबार दिन सोमबार १.४६ अंक, दोस्रो कारोबारमा २६.१६ अंक, तेस्रो दिन १४.४५ र चौथो कारोबारमा ८.५० अंकले र आज २ अंकले घटेको हो।
आज नेप्सेमा ८५ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १ सय ७० कम्पनीको सेयर मूल्य घटेको छ। ३ सय ५९ कम्पनीको ७७ लाख २७ हजार ६ सय ४९ कित्ता सेयर ३९ हजार ५ सय ४६ पटक किनबेच भएको छ।आज ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार ५ सय ५२ रुपैयाँको कारोबार भएको छ।
आज याम्बालिङ हाइड्रोपावर लिमिटेड,टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड र स्नो रिभर्स लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर२०८६/८७ को ३३ करोड १६ लाख र ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर२०८४/८५ को २८ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.०८ प्रतिशतले बढेको छ। त्यस्तै, होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ।

