कर्णाली- जाजरकोटको नलगाड नगरपालिकालाई २३ लाख ६० हजार रुपैयाँको आपत्कालीन गैर-खाद्य राहत सामग्री हस्तान्तरण गरिएको।
युरोपेली संघ (ईयू) को आर्थिक सहयोग तथा पिपुल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र, सेभ द चिल्ड्रेन र स्कट विल्सन नेपालको संयुक्त कार्यान्वयनमा रहेको ‘प्रतिबद्ध’ परियोजनाअन्तर्गत उक्त सामग्री पालिकालाई आज हस्तान्तरण गरेको हो। हस्तान्तरित सामग्रीहरुमा २७ वटा पारिवारिक टेन्ट, १४० थान गैर–खाद्य राहत सामग्री सेट, १४० थान मर्यादा किट तथा २० थान वेयरहाउस प्यालेट रहेको पिपल ईन निड प्रतिबद्ध-३ परियोजनाका कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले जानकारी दिए।
प्रदेश संयोजक अधिकारीका अनुसार यो सहयोग ‘क्राइसिस मोडिफायर’ पहलअन्तरगत प्रदान गरिएको हो । उक्त पहलमार्फत बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहमा करिब दुई करोड ४८ लाख रुपैयाँ बराबरका राहत सामग्री पूर्व–भण्डारण भइरहेको छ। यसमा जाजरकोटका नलगाड नगरपालिका र बारेकोट गाउँपालिकासहित सिन्धुपाल्चोक, रसुवा, प्युठान र बझाङका स्थानीय तहहरु समेटिएका छन्।
उहाँले भूकम्प, बाढी, पहिरो तथा आगलागीजस्ता विपद्का बेला तत्काल परिचालन गर्न सकिने गरी यी सामग्रीहरु नगरपालिकाको गोदाममा पूर्व-भण्डारण गरिने बताए। विपद्को उच्च जोखिममा रहेको नलगाड नगरपालिकामा राहत सामग्री स्थानीयस्तरमै उपलब्ध हुँदा प्रभावित परिवारहरुलाई आवश्यक सहयोग समयमै प्राप्त हुने नगरपालिका प्रमुख डम्बर रावत बताए। उनका अनुसार गैर खाद्य राहत सामग्री प्राप्त भएकोले निकट भविश्यमै कार्यविधि बनाएर यसलाई सञ्चालनमा ल्याइनेछ।
गैर-खाद्य राहत सामग्री सेटमा आपतकालीन अवस्थामा आवश्यक पर्ने घरायसी प्रयोजन तथा मर्यादा किटले विशेषगरी महिला तथा किशोरीहरुको व्यक्तिगत सरसफाइ, सुरक्षा र मर्यादा कायम राख्न सहयोग पुर्याउने एवं वेयरहाउस प्यालेटले राहत सामग्रीलाई सुरक्षित भण्डारण गर्न र गोदाम व्यवस्थापनलाई थप व्यवस्थित बनाउन मद्दत गर्ने जनाइएको छ
कर्णाली जाजरकोटको नलगाड नगरपालिकालाई २३ लाख ६० हजार रुपैयाँको आपत्कालीन गैर-खाद्य राहत सामग्री हस्तान्तरण गरिएको।
युरोपेली संघ (ईयू) को आर्थिक सहयोग तथा पिपुल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र, सेभ द चिल्ड्रेन र स्कट विल्सन नेपालको संयुक्त कार्यान्वयनमा रहेको ‘प्रतिबद्ध’ परियोजनाअन्तर्गत उक्त सामग्री पालिकालाई आज हस्तान्तरण गरेको हो। हस्तान्तरित सामग्रीहरुमा २७ वटा पारिवारिक टेन्ट, १४० थान गैर-खाद्य राहत सामग्री सेट, १४० थान मर्यादा किट तथा २० थान वेयरहाउस प्यालेट रहेको पिपल ईन निड प्रतिबद्ध–३ परियोजनाका कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले जानकारी दिए।
प्रदेश संयोजक अधिकारीका अनुसार यो सहयोग ‘क्राइसिस मोडिफायर’ पहलअन्तरगत प्रदान गरिएको हो । उक्त पहलमार्फत बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहमा करिब दुई करोड ४८ लाख रुपैयाँ बराबरका राहत सामग्री पूर्व–भण्डारण भइरहेको छ। यसमा जाजरकोटका नलगाड नगरपालिका र बारेकोट गाउँपालिकासहित सिन्धुपाल्चोक, रसुवा, प्युठान र बझाङका स्थानीय तहहरु समेटिएका छन्।
उहाँले भूकम्प, बाढी, पहिरो तथा आगलागीजस्ता विपद्का बेला तत्काल परिचालन गर्न सकिने गरी यी सामग्रीहरु नगरपालिकाको गोदाममा पूर्व-भण्डारण गरिने बताए। विपद्को उच्च जोखिममा रहेको नलगाड नगरपालिकामा राहत सामग्री स्थानीयस्तरमै उपलब्ध हुँदा प्रभावित परिवारहरुलाई आवश्यक सहयोग समयमै प्राप्त हुने नगरपालिका प्रमुख डम्बर रावत बताए। उहाँका अनुसार गैर खाद्य राहत सामग्री प्राप्त भएकोले निकट भविश्यमै कार्यविधि बनाएर यसलाई सञ्चालनमा ल्याइनेछ।
गैर-खाद्य राहत सामग्री सेटमा आपतकालीन अवस्थामा आवश्यक पर्ने घरायसी प्रयोजन तथा मर्यादा किटले विशेषगरी महिला तथा किशोरीहरुको व्यक्तिगत सरसफाइ, सुरक्षा र मर्यादा कायम राख्न सहयोग पुर्याउने एवं वेयरहाउस प्यालेटले राहत सामग्रीलाई सुरक्षित भण्डारण गर्न र गोदाम व्यवस्थापनलाई थप व्यवस्थित बनाउन मद्दत गर्ने जनाइएको छ।

