बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

लगातार चौथो दिन घट्यो सेयर बजार, कारोबार रकम २ अर्ब ८३ करोड रुपैयाँमा सीमित

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ११ २०८३
लगातार चौथो दिन घट्यो सेयर बजार, कारोबार रकम २ अर्ब ८३ करोड रुपैयाँमा सीमित

आज नेप्सेमा ८३ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १ सय ७२ कम्पनीको सेयर मूल्य घटेको छ। ३ सय ३८ कम्पनीको ६४ लाख ८० हजार ५ सय ९९ कित्ता सेयर ४६ हजार ७ सय ५१ पटक किनबेच भएको छ।

काठमाडौं- साताको चौथो कारोबार दिन आज बिहीबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ८.५० अंकले घटेर २६५१.५२ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से १४.४५ अंकले घटेर कारोबार बन्द भएको थियो।

आज नेप्सेमा ८३ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १ सय ७२ कम्पनीको सेयर मूल्य घटेको छ। ३ सय ३८ कम्पनीको ६४ लाख ८० हजार ५ सय ९९ कित्ता सेयर ४६ हजार ७ सय ५१ पटक किनबेच भएको छ।

आज २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४ सय ११ रुपैयाँको कारोबार भएको छ। अघिल्लो करोबार ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४ सय ८६ रुपैयाँको सेयर किनबेच भएको थियो।

आज याम्बालिङ हाइड्रोपावर लिमिटेड र टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको भुजुङ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ११.०३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्स लिमिटेडको १२ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ। व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.९६ प्रतिशतले घटेको छ।

आज बैंकिङ ०.१९, विकास बैंक ०.१५, फाइनान्स ०.३६ होटल तथा पर्यटन ०.५३, जलविद्युत् ०.४१, लगानी ०.१६, जीवन बीमा ०.२२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.४० तथा अन्य समूह ०.४७ प्रतिशतले घटेको छ।


प्रकाशित : बिहीबार , असार ११ २०८३१५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend