बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

शक्तिको आडमा दशकदेखि रोकिएको अजय सुमार्गीमाथिको सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढ्यो, राहदानी रोक्का

बिहीबार , असार ११ २०८३
शक्तिको आडमा दशकदेखि रोकिएको अजय सुमार्गीमाथिको सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढ्यो, राहदानी रोक्का

विभाग निकट स्रोतका अनुसार उनको राहदानी रोक्का भएसँगै अनुसन्धान पनि सघन बनेको छ। यहीबीचमा भाग्नसक्ने भएकाले रोक्का लागि सिफारिस गरिएको हो।

काठमाडौं- उजुरी परेर पनि शक्तिको आडमा रोकिएको अजय सुमार्गीमाथिको सम्पत्ति शुद्धीकरण अनुसन्धान फेरि अघि बढेको छ। 

२०७४ सालमै उनीमाथिको सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढेपनि बीचमा रोकिएको थियो। अहिले फेरि उनीमाथिको अनुसन्धान अघि बढेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुमार्गीमाथिको अनुसन्धानलाई अघि बढाएको हो। विभागले अनुसन्धान अघि बढाएसँगै सुमार्गीको राहदानी रोक्का भएको छ। विभागको सिफारिसमा अध्यागमनले सुमार्गीको राहदानी रोक्का गरेको हो। 

विभागनिकट स्रोतका अनुसार उनको राहदानी रोक्का भएसँगै अनुसन्धान पनि सघन बनेको छ। 

गएको दुई दशकमा सामान्य व्यवसायीबाट अर्बौँको साम्राज्य कायम गर्न सफल भएका सुमार्गी पछिल्ला केही वर्षदेखि गुमनाम छन्। सम्पत्ति व्यवस्थापनका लागि भन्दै खोलिएका उनका कतिपय व्यवसाय कालोसूचीमा परेका छन्।


प्रकाशित : बिहीबार , असार ११ २०८३१५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend