बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ११ २०८३
सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर

नमूना क्षेत्र निर्धारण गरी विषादीरहित उत्पादनमा प्रोत्साहन गर्दै जैविकखेती प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याउने उपमहानगरपालिकाको योजना छ।

बागमती- हेटौँडा उपमहानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ।

आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रममा उमहानगरपालिकाले सामूहिकखेती पद्धतिलाई प्रोत्साहन गरिने उल्लेख गर्दै नगरको २०० बिघा क्षेत्रफलमा ड्रागन तथा मेवाखेतीमा लगानी विस्तार गरिने जनाएको छ।

कृषितर्फ आधुनिक प्रविधि, सिँचाइ विस्तार, उन्नत बीउ तथा समुचित मलको प्रयोगलाई प्राथमिकता दिई उत्पादन, उत्पादकत्व वृद्धि तथा लागतमा न्यूनीकरण गरिने नगरप्रमुख मीनाकुमारी लामाले बताइन्।

किसान सूचीकरणमार्फत सम्पूर्ण कृषकको तथ्यांक संकलन सम्पन्न गरी ‘कृषि तथा पशुजन्य वस्तुको उत्पादन, कृषकको पहिचान’ भन्ने मूल नाराका साथ कृषकको वर्गीकरण गरी कृषक पहिचानसहित परिचयपत्र वितरण गरिने उपमहानगरपालिकाले जनाएको छ।

जेनजीलाई उत्पादन तथा आयआर्जनमा जोड्नका लागि युवा लक्षित कृषि कार्यक्रममार्फत युवालाई कृषिमा आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ।

नमूना क्षेत्र निर्धारण गरी विषादीरहित उत्पादनमा प्रोत्साहन गर्दै जैविकखेती प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याउने उपमहानगरपालिकाको योजना छ।

तरकारी तथा फलफूल उत्पादनका कार्यक्रमलाई प्रोत्साहन गर्न कृषक समूह तथा कृषि सहकारीमार्फत अम्बा, मेवा, लिची, केरा, ड्रागन, एभोकाडोलगायतका फलफूलको क्षेत्र विस्तारका कार्यक्रमअन्तर्गत ‘बारीदेखि बजारसम्म’को नीति अवलम्बन गरिने नगरप्रमुख लामाले बताइन्।

‘इज्जतको कमाइ कोषमार्फत’ महिला किसान प्रोत्साहन कार्यक्रम महिला कृषकको सहकार्यमा सञ्चालन गरिने जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , असार ११ २०८३०९:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend