बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

‘ड्युटी’को समयमा सेवाग्राहीलाई नमस्ते गर्न ट्राफिक प्रहरीलाई सर्कुलर

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ११ २०८३
‘ड्युटी’को समयमा सेवाग्राहीलाई नमस्ते गर्न ट्राफिक प्रहरीलाई सर्कुलर
फाइल तस्बिर

'सेवाग्राहीसँग हात मिलाउनुभन्दा पनि नमस्ते गर्नु राम्रो मानिन्छ। सोहीअनुसार हामीले मातहतका निकायहरुलाई ड्युटीको समयमा नमस्ते गर्नु होला भनेर सर्कुलर जारी गरेका छौँ।'

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ड्युटी’ (काम) को समयमा सेवाग्राहीसहित अन्य व्यक्तिलाई नमस्ते गर्न मातहतका ट्राफिक प्रहरीलाई ‘सर्कुलर’ जारी गरेको छ।

सवारी चालकसहित अन्य सेवाग्राहीसँग 'ड्युटीको समयमा हात नमिलाउनु नमस्ते' भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशनसहितको सर्कुलर जारी गरेको हो।

उपत्यकामा रहेका ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग, पोष्टलगायत सबैलाई निर्देशनसहितको सर्कुलर पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

'सेवाग्राहीसँग हात मिलाउनुभन्दा पनि नमस्ते गर्नु राम्रो मानिन्छ। सोहीअनुसार हामीले मातहतका निकायहरुलाई ड्युटीको समयमा नमस्ते गर्नु होला भनेर सर्कुलर जारी गरेका छौँ' उनले भने।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको उक्त सर्कुलरमा कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीको समयमा सवारी चालकलगायत सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्णरूपमा त्याग्नुपर्ने र त्यसको सट्टा टाढैबाट नमस्कार मात्र गरी सम्मान गर्नु/गराउनु भन्ने निर्देशन दिइएको छ। 


प्रकाशित : बिहीबार , असार ११ २०८३०९:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend