बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

नेप्स परिसूचक १४ अंकले घट्यो, कारोबार बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १० २०८३
नेप्स परिसूचक १४ अंकले घट्यो, कारोबार बढ्यो

आज नेप्सेमा ६२ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी २ सय २ कम्पनीको सेयर मूल्य घटेको छ। ३ सय ३८ कम्पनीको १ करोड ७ लाख ७७ हजार ५ सय ८२ कित्ता सेयर ७२ हजार ९ सय १७ पटक किनबेच भएको छ।

काठमाडौं- साताको तेस्रो कारोबार दिन आज बुधगलबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १४.४५ अंकले घटेर २६६०.०२ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से २६.१६ अंकले घटेर बन्द भएको थियो।

आज नेप्सेमा ६२ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी २ सय २ कम्पनीको सेयर मूल्य घटेको छ। ३ सय ३८ कम्पनीको १ करोड ७ लाख ७७ हजार ५ सय ८२ कित्ता सेयर ७२ हजार ९ सय १७ पटक किनबेच भएको छ।

४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४ सय ८६ रुपैयाँको कारोबार भएको छ। अघिल्लो करोबार ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७ सय ७१ रुपैयाँको किनबेच भएको थियो।

आज याम्बालिङ हाइड्रोपावर लिमिटेड,टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड र भुजुङ हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनीको २९ करोड ६२ लाख सोपान फर्मास्युटिकल्स लिमिटेडको १७ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.१० प्रतिशतले घटेको छ।


प्रकाशित : बुधबार, असार १० २०८३१५:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend