बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज हुँदै, लेनदेन बाँकी भए ३५ दिनभित्र जानकारी गराउन आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १० २०८३
राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज हुँदै, लेनदेन बाँकी भए ३५ दिनभित्र जानकारी गराउन आग्रह

काठमाडौं- नेपाल राष्ट्र बैंक धनगढी कार्यालयले कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्तनगर-४ मा सञ्चालित श्री राष्ट्रिय मनिचेञ्जरको मनिचेञ्जर इजाजतपत्र खारेजीको प्रक्रिया अगाडि बढाएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंक धनगढी कार्यालयले कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्तनगर-४ मा सञ्चालित राष्ट्रिय मनिचेञ्जरको मनिचेञ्जर इजाजतपत्र खारेजीको प्रक्रिया अगाडि बढाएको छ। 

उक्त मनिचेञ्जरले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम आफ्नो कारोबार बन्द गर्न निवेदन पेश गरेपछि बैंकले खारेजीको सूचना जारी गरेको हो।  

यससँगै राष्ट्र बैंकले उक्त मनिचेञ्जरसँग कुनै पनि किसिमको लेनदेन वा अन्य सरोकार भएका व्यक्ति वा संघसंस्थालाई असार १० गते ३५ दिनभित्र धनगढी कार्यालयमा सम्पर्क गरी जानकारी गराउन आग्रह गरेको छ। 

तोकिएको समयावधिभित्र कुनै दाबी वा उजुरी नआएमा विनियमावलीको व्यवस्था अनुसार इजाजतपत्र खारेजीको अन्तिम निर्णय गरिने राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : बुधबार, असार १० २०८३११:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend