काठमाडौं- बितेका २४ घण्टामा दुई हजार ५ सय ५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा १७ लाख २४ हजार ५ सय ३ रुपैयाँ राजस्व दाखिला भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १ सय २, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ४० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका २०७ जनालाई कारबाही गरिएको हो।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ८, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १४ र सवारीसाधनको अवस्था जाँच नगरी सडकमा निकालिएका सवारी ३५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ७ सय ४६ जनालाई कारबाही गरिएको हो।