मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

भूमि प्रशासन सेवा सञ्चालनमा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ९ २०८३
भूमि प्रशासन सेवा सञ्चालनमा

काभ्रेपलाञ्चोक- रोशी र भुम्लु गाउँपालिकामा भूमि प्रशासन (मालपोत र नापी) सेवा सुरु गरिएको छ। रोशीले सोमबार र भुम्लु गाउँपालिकाले गत शुक्रबारदेखि सेवा सुरु गरेका हुन्।

काभ्रेपलाञ्चोक- रोशी र भुम्लु गाउँपालिकामा भूमि प्रशासन (मालपोत र नापी) सेवा सुरु गरिएको छ। रोशीले सोमबार र भुम्लु गाउँपालिकाले गत शुक्रबारदेखि सेवा सुरु गरेका हुन्।

रोशी गाउँपालिका-७ का मोहनसिं लामालाई जग्गाको नक्सा प्रदान गरी गाउँपालिका अध्यक्ष दिनेश लामाले सेवा शुभारम्भ गरेका हुन्। सरकारले पहिलो चरणमा ३५ वटा स्थानीय तहमा भूमि प्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेकामा काभ्रेपलाञ्चोकका रोशी र भूम्लु गाउँपालिका छनोटमा परेका थिए। यसअघि भूमि प्रशासन तथा नापी र मालपोत सेवा जिल्लास्थित कार्यालयबाट मात्रै हुने गरेको थियो।

नक्सा लिनकै लागि सदरमुकाम धुलिखेल जानुपर्ने अवस्था हटेकामा सेवाग्राहीले खुसी व्यक्त गरेका छन्।  रोशीका नागरिकलाई मालपोत र नापीको सेवा पनि प्रदान गर्न पाउँदा खुसी लागेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए।

हालसम्म पाँच सय ३१ परिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ। रोकिएका काम स्थानीय भूमि प्रशासन सेवामार्फत नै गरिने भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेलले बताए। 


प्रकाशित : मंगलबार, असार ९ २०८३१७:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend