बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

ब्रेक्जिटको १० वर्ष : बेलायती अर्थतन्त्रमा कस्तो असर पर्‍यो?

मंगलबार, असार ९ २०८३
ब्रेक्जिटको १० वर्ष : बेलायती अर्थतन्त्रमा कस्तो असर पर्‍यो?

बैंक अफ इंगल्याण्डको कम्पनी डेटामा आधारित विश्लेषण पनि सामेल छ। जसमा ब्रेक्जिटका कारण बेलायतको अर्थतन्त्रको आकार करिब ६ प्रतिशतले खुम्चिएको देखाएको छ।

काठमाडौं- बेलायतले युरोपेली संघ (ईयू) छोड्ने पक्षमा मतदान गरेको १० वर्ष पुगेको छ। सन् २०१६ जुन २३ का दिन भएको जनमतसंग्रहमा ५२ प्रतिशत बेलायती नागरिकले ‘लिभ ईयू’ (ईयूबाट बाहिरिने) पक्षमा मत हालेका थिए। 

एक दशकपछि हेर्दा आर्थिक विज्ञ र तथ्यांकहरूले ब्रेक्जिटले बेलायती अर्थतन्त्रलाई गहिरो र स्थायी धक्का दिएको देखाएका छन्। तत्कालीन समयमा बेलायलीहरुले ईयूबाट बाहिरिने निर्णयको क्रमिक रुपमा अर्थतन्त्र र उपभोगमा देखिन थालेको विज्ञहरुको भनाइ छ।  

हलैमात्र ब्रेक्जिटका बारेमा विभिन्न प्रतिवेदनहरु सार्वजनिक भएका छन्। त्यसमध्ये बैंक अफ इंग्ल्याण्डको कम्पनी डेटामा आधारित विश्लेषण पनि सामेल छ। जसमा ब्रेक्जिटका कारण बेलायतको अर्थतन्त्रको आकार करिब ६ प्रतिशतले खुम्चिएको देखाएको छ। 

उक्त प्रतिवेदनले बेलायतको व्यापार तथा त्यहाँ आउने लगानीमा ब्रेक्जिटको प्रत्यक्ष असर देखिन थालेको उल्लेख छ। यस्तो असर बेलायती अर्थतन्त्रमा अझै लामो समय देखिन सक्ने अनुमानहरु आइरहेका छन्। 

व्यापार र लगानीमा लागेको ब्रेक

युरोपेली संघको एकल बजार र भन्सार युनियनबाट बाहिरिएपछि बेलायतको अन्तर्राष्ट्रिय व्यापारमा सबैभन्दा ठूलो धक्का लागेको छ। छिमेकी युरोपेली मुलुकहरूसँग हुने आयात(निर्यातमा थपिएका नयाँ नियम, कागजी प्रक्रिया र सीमा शुल्कका कारण बेलायती उद्योगहरूले ठूलो प्रशासनिक र आर्थिक भार ब्यहोर्नु परिरहेको छ।

यसबाट बेलायतको व्यापारमा ह्रास आएको छ। विश्वका अन्य विकसित अर्थतन्त्रहरू (जीसेभेन राष्ट्रहरू)को तुलनामा बेलायतको वैदेशिक व्यापारको वृद्धिदर निकै सुस्त देखिएको छ।

त्यसैगरी ब्रिक्जिटले बेलायतको लगानीमा गिरावट देखिएको तथ्यांक छ। ब्रेक्जिटपछिको नीतिगत अनिश्चितताका कारण बहुराष्ट्रिय र स्थानीय कम्पनीहरूले बेलायतमा गर्ने दीर्घकालीन व्यावसायिक लगानी कटौती गरेका छन्। यसले देशको उत्पादकत्व क्षमतालाई कमजोर बनाएको छ।

श्रम बजार र महँगीको मार

ब्रेक्जिटको अर्को ठूलो असर बेलायतको श्रम बजारमा देखिएको छ। ईयू नागरिकहरूका लागि बेलायतमा स्वतः बस्न र काम गर्न पाउने ‘स्वतन्त्र आवागमन’को अधिकार अन्त्य भएसँगै बेलायती बजारले चरम जनशक्ति अभाव झेलिरहेको छ।

त्यस्तै स्वास्थ्य क्षेत्र स् युरोपेली नर्स र चिकित्सकहरूको संख्यामा कमी, हस्पिटालिटी र कृषि स् होटल, रेस्टुरेन्ट र कृषि फार्महरूमा मौसमी कामदारको अभाव, ढुवानी र आपूर्ति स् ट्रक चालकहरूको अभावले गर्दा आपूर्ति शृङ्खला प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर बेलायती अर्थतन्त्रको वृद्धिदरमा देखिएको छ।  

यही कामदार अभाव र व्यापारिक अवरोधका कारण बेलायतमा महँगी (कस्ट अफ लिभिङ)को मार अन्य छिमेकी युरोपेली मुलुकहरूको तुलनामा बढी चुनौतीपूर्ण बनेको छ। जसले सर्वसाधारणको क्रयशक्ति घटाएको छ।

क्षेत्रीय भिन्नता : उत्तरी आयरल्याण्डको अपवाद

रोचक कुरा के छ भने समग्र युनाइटेड किङडमले आर्थिक मन्दी झेलिरहँदा उत्तरी आयरल्याण्डको आर्थिक सूचकांक भने केही सकारात्मक देखिएको छ। ब्रेक्जिट सम्झौताको विशेष प्रावधान अन्तर्गत उत्तरी आयरल्याण्डले यूके र ईयू दुवैको बजारमा सहज पहुँच पाएका कारण त्यहाँको आर्थिक वृद्धिदर बेलायतका अन्य हिस्साको तुलनामा राम्रो देखिएको हो।

‘सम्बन्ध रिसेट’को नयाँ प्रयास

ब्रेक्जिटले सोचेजस्तो आर्थिक समृद्धि ल्याउनुको साटो उल्टो असर गरेपछि यतिबेला लन्डन र ब्रसेल्स (ईयू मुख्यालय)बीच सम्बन्ध सुधारको नयाँ प्रयास सुरु भएको छ। यसै साता दुवै पक्षका उच्च अधिकारीहरूबीच ‘पोस्ट-ब्रेक्जिट सम्बन्ध’लाई पुनरावलोकन वा ‘रिसेट’ गर्नका लागि एक शिखर सम्मेलनको घोषणा गरिएको छ।

१० वर्षअघि ब्रेक्जिटका समर्थकहरूले गरेका ठूला आर्थिक प्रतिज्ञाहरू पूरा हुन सकेनन्। बेलायत पूर्ण रूपमा ईयूमा फर्कने सम्भावना तत्काल नभए पनि अर्थतन्त्रमा परेको नकारात्मक असरलाई कम गर्न बेलायत सरकार अहिले ईयूसँग थप व्यावहारिक र खुकुलो व्यापारिक सम्झौताको बाटो खोज्न प्रयासहरु जारी राखेको छ। 


प्रकाशित : मंगलबार, असार ९ २०८३११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend